-->

अमेरिकाबाट जन्मिएको नेपाली भाव–भुवन लोहनीको “जुनसँग के दाजुर” सार्वजनिक (भिडियो)

Nawalpurfm

नवलपुर, पुस १५ । अमेरिकामा रहेर पनि नेपाली गीत–संगीतसँगको नाता मजबुत बनाउँदै आएका भुवन लोहनीले नयाँ म्युजिक भिडियो “जुनसँग के दाजुर” सार्वजनिक गर्नुभएको छ। छोराको पाँचौँ जन्मदिनलाई स्मरणीय बनाउँदै भिडियो सार्वजनिक गरिएको हो।


केन्टकी राज्यको लेक्सिङ्टन सहरमा विगत १० वर्षदेखि बस्दै आएका लोहनीले सन् २०१७ पछि गीत–संगीत र मोडलिङ क्षेत्रमा सक्रियता बढाउँदै आएका छन्। निर्देशक सुमन दाहालसँगको सहकार्यबाट म्युजिक भिडियोमार्फत डेब्यु गरेका लोहनी हालसम्म आठौँ म्युजिक भिडियोमा काम गरिसक्नुभएको छ।


गीत भावनात्मक कथामा आधारित छ। छोरा जन्मिएपछि पास्नीका लागि लेखिएको कवितालाई वरिष्ठ पत्रकार तथा गीतकार डब्बु क्षेत्रीको सहयोगमा गीतको रूप दिइएको हो। यसलाई आफ्नो जीवनको पहिलो सिर्जना भएको लोहनी बताउनुहुन्छ।


लमजुङका घलेगाउँ, खुदी–भुलभुले झर्नालगायत सुन्दर स्थानमा छायांकन गरिएको भिडियोको सिनेमाटोग्राफी कृष्ण थापाले गरेका छन्। लोहनीले सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै दर्शक–श्रोताको माया र साथको अपेक्षा गर्नुभएको छ।

 

प्रतिकृया दिनुहोस
Nawalpurfm

नेपालजस्ता विकासशील देशलाई एआई लाइफलाइन बन्न सक्ने विश्व बैंकको प्रतिवेदन

नवलपुर,साउन २० । नेपालजस्ता विकासशील देशका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् (एआई) लाइफलाइन बन्न सक्ने विश्व बैंकको एक प्रतिवेदनले देखाएको छ । साथै

Nawalpurfm

सञ्चारकर्मी आदर्श सुशीलको शब्दमा चलचित्र लाइफ ड्यामेजको ब्युटिफूलमु गीत सार्वजनिक

नवलपुर,वैशाख ११ । ‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको चलचित्र ‘लाइफ ड्यामेज’ मा समावेश ब्युटिफूलम बोलको गीत सार्वजनिक गरिएको छ। जेठ १

Nawalpurfm

युट्युब सेवा केही समयका लागि अवरुद्धः१६ लाखभन्दा धेरै प्रयोगकर्ताको गुनासो

नवलपुर,फागुन ६ । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब हिजो बेलुका विश्वभर केही समयका लागि अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि केहीबेरमै १६ लाख