-->

अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे सहमति

Nawalpurfm

नवलपुर,साउन २० । एक हप्तादेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति भएको छ ।

सहमतिसँगै गएको बिहीबार १४ गतेदेखि अनसनरत रानाभाटले आज बिहानदेखि आफ्नो विरोधका सम्पूर्ण कार्यक्रम अन्त्य गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा। श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा। हेमन्त चन्द्र ओझा र कानून अधिकृत जयप्रसाद सुवेदी तथा अभियन्ता रानाभाटबीच  सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स, मिडवाइफ र स्वास्थ्यकर्मीको पारिश्रमिक तथा सेवा सुविधा निर्धारणका लागि ७ दिनभित्र कार्यदल गठन गरी ६ महिनाभित्र काम सम्पन्न गर्ने सहमति भएको छ । ७ दिनभित्र नर्स तथा मिडवाइफको पारिश्रमिक, सेवा–सुविधा र सम्मानजनक सेवा शर्त निर्धारणका लागि कार्यदल गठन गर्ने पनि सहमति भएको छ ।

साथै स्वास्थ्य सेवा ऐन, नर्सिङ तथा मिडवाइफ्री सेवा ऐन र सम्बन्धित नियमावलीमा संशोधन र प्रभावकारी रूपमा लागू गर्ने सहमतिमा उल्लेख छ । त्यस्तै, अस्पतालहरूमा न्यूनतम सेवा मापदण्ड अनिवार्य लागू गर्ने, छात्रवृत्ति प्राप्त स्वास्थ्यकर्मी परिचालन निर्देशिका परिमार्जन गर्ने, ‘एक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था’ मापदण्ड परिमार्जन गर्ने, तथा प्रवेश परीक्षा नीति सुधार गर्नेजस्ता तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत विभिन्न १९ बुँदामा सहमति भएको हो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

हिजो ज्यान गुमाएका मेहताका आफन्त र गृहमन्त्रीबिच छलफल

नवलपुर,साउन २० । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर उपचारका क्रममा हिजो बिहान ज्यान गुमाएका रवीन्द्रकुमार

Nawalpurfm

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

नवलपुर,साउन २० । नागरिकको गुनासो सुन्ने र सम्बोधन गर्ने ‘हेलो सरकार’मा गुनासाको चाङ लागेको छ । विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप,

Nawalpurfm

सङ्गीत रोयल्टीका नाममा रेडियोमाथि धरपकड तथा मुद्दामामिला नगर्न सर्वोच्चको अल्पकालीन

नवलपुर,साउन २० । सर्वोच्च अदालतले सङ्गीत रोयल्टीका नाममा एफएम रेडियोका सञ्चालक, व्यवस्थापक तथा सम्बन्धित व्यक्तिविरुद्ध मुद्दा नचलाउन, धरपकड नगर्न,