-->

सङ्गीत रोयल्टीका नाममा रेडियोमाथि धरपकड तथा मुद्दामामिला नगर्न सर्वोच्चको अल्पकालीन

Nawalpurfm

नवलपुर,साउन २० । सर्वोच्च अदालतले सङ्गीत रोयल्टीका नाममा एफएम रेडियोका सञ्चालक, व्यवस्थापक तथा सम्बन्धित व्यक्तिविरुद्ध मुद्दा नचलाउन, धरपकड नगर्न, थुनामा नराख्न तथा यससम्बन्धी कुनै कानुनी जटिलता सिर्जना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

हिजो मंगलबार सर्वोच्चका न्यायाधीश डा। नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक सङ्घ ९अकोराब० नेपाल र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल ९बान० ले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता रमेशप्रसाद जोशीलगायतका कानुन व्यवसायीहरूको बहसपछि सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । सङ्गीत रोयल्टी सङ्कलनका नाममा एफएम रेडियोहरूमाथि धरपकड गर्ने, रेडियोकर्मीविरुद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए ।

यो आदेशसँगै अब सङ्गीत रोयल्टीका नाममा एफएम रेडियो, तिनका सञ्चालक, व्यवस्थापक तथा रेडियोकर्मीविरुद्ध मुद्दा दायर गर्ने, धरपकड गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानुनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

हिजो ज्यान गुमाएका मेहताका आफन्त र गृहमन्त्रीबिच छलफल

नवलपुर,साउन २० । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर उपचारका क्रममा हिजो बिहान ज्यान गुमाएका रवीन्द्रकुमार

Nawalpurfm

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

नवलपुर,साउन २० । नागरिकको गुनासो सुन्ने र सम्बोधन गर्ने ‘हेलो सरकार’मा गुनासाको चाङ लागेको छ । विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप,

Nawalpurfm

अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे सहमति

नवलपुर,साउन २० । एक हप्तादेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति भएको छ । सहमतिसँगै गएको बिहीबार १४ गतेदेखि