-->

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा

Nawalpurfm

नवलपुर,साउन २० । गएराति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । 

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै नवलपरासीमा ९७ मिलिमिटर वर्षा मापन भएको छ । त्यसै गरी सिन्धुपाल्चोक, नुवाकोट, कपिलवस्तु, नवलपरासी, बारा र म्याग्दीमा ६० देखि ८८ मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाण्डौ उपत्यकालगायत बागमती, लुम्बिनी, कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा तथा सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ । आज कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आजराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भागका एकरदुई ठाउँमा आरीघोप्टे पानी पर्न सक्ने अनुमान छ । यसैबीच गएराति पानी परे पनि काठमाण्डौ जोड्ने मुख्य नाका नागढुंगा–मुग्लिन सडकमा नियमित रूपमा गाडी चलिरहेका छन् । 

हिजो बिहान पहिरोका कारण केही समय एकतर्फी मात्रै सञ्चालन भएको यो सडकमा दिउँसोदेखि नियमित रूपमा गाडी चलिरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।        

प्रतिकृया दिनुहोस
Nawalpurfm

हिजो ज्यान गुमाएका मेहताका आफन्त र गृहमन्त्रीबिच छलफल

नवलपुर,साउन २० । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर उपचारका क्रममा हिजो बिहान ज्यान गुमाएका रवीन्द्रकुमार

Nawalpurfm

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

नवलपुर,साउन २० । नागरिकको गुनासो सुन्ने र सम्बोधन गर्ने ‘हेलो सरकार’मा गुनासाको चाङ लागेको छ । विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप,

Nawalpurfm

अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे सहमति

नवलपुर,साउन २० । एक हप्तादेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति भएको छ । सहमतिसँगै गएको बिहीबार १४ गतेदेखि