-->

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

Nawalpurfm

नवलपुर,साउन १९ । भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।

समितिका अनुसार, देशभरबाट सङ्कलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहबाट निःशुल्क रूपमा निस्सा वितरण भइरहेको छ ।

निस्सा प्राप्त गरेका निवेदकको पहिचान, प्रमाणीकरण तथा उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको समितिले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको यो समितिका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भूमि समस्या समाधान समितिमार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ ।

स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला समितिका पदाधिकारीसँग छलफल र विभिन्न जिल्लामा स्थलगत अनुगमनसमेत गरिएको जनाएको छ ।

समितिले पछिल्लो समय निवेदन दर्ता गरिदिने वा निस्सा दिलाइदिने भन्दै केही व्यक्तिले सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको जनाएको छ । यस्तो कार्य गैरकानुनी रहेकाले कसैलाई पनि रकम नदिन समितिले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

हिजो ज्यान गुमाएका मेहताका आफन्त र गृहमन्त्रीबिच छलफल

नवलपुर,साउन २० । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर उपचारका क्रममा हिजो बिहान ज्यान गुमाएका रवीन्द्रकुमार

Nawalpurfm

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

नवलपुर,साउन २० । नागरिकको गुनासो सुन्ने र सम्बोधन गर्ने ‘हेलो सरकार’मा गुनासाको चाङ लागेको छ । विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप,

Nawalpurfm

अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे सहमति

नवलपुर,साउन २० । एक हप्तादेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति भएको छ । सहमतिसँगै गएको बिहीबार १४ गतेदेखि