-->

१० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय सक्रिय

Nawalpurfm

नवलपुर,साउन १९ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । मन्त्रालयले यस सन्दर्भमा देशभरका सेवाप्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरणसमेत सार्वजनिक गरेको छ ।

मन्त्रालयले त्यससम्बन्धी सूची सार्वजनिक गर्दै निःशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न हरेक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणमा सङ्घीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पताल समेटिएका छन् । मन्त्री निशा मेहताको सचिवालयका अनुसार हरेक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ ।

जसबाट निःशुल्क उपचारसम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ । सचिवालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कडाइ गरेको हो ।

मन्त्रालयले यसअघि नै निःशुल्क शय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ भने अस्पतालले आरक्षित शय्याको विवरण नियमित अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू गरिसकेको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

हिजो ज्यान गुमाएका मेहताका आफन्त र गृहमन्त्रीबिच छलफल

नवलपुर,साउन २० । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर उपचारका क्रममा हिजो बिहान ज्यान गुमाएका रवीन्द्रकुमार

Nawalpurfm

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

नवलपुर,साउन २० । नागरिकको गुनासो सुन्ने र सम्बोधन गर्ने ‘हेलो सरकार’मा गुनासाको चाङ लागेको छ । विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप,

Nawalpurfm

अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे सहमति

नवलपुर,साउन २० । एक हप्तादेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति भएको छ । सहमतिसँगै गएको बिहीबार १४ गतेदेखि