कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
नवलपुर,साउन १९ । देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भेगका एक–दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेग तथा मधेश प्रदेशको एक–दुई ठाउँमा ठूलो सम्भावना रहेको महाशाखाले जनाएको छ । अरु ठाउँका हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मुसलधारे वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी सूचनाबारे नियमित अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

हिजो ज्यान गुमाएका मेहताका आफन्त र गृहमन्त्रीबिच छलफल
नवलपुर,साउन २० । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर उपचारका क्रममा हिजो बिहान ज्यान गुमाएका रवीन्द्रकुमार

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा
नवलपुर,साउन २० । नागरिकको गुनासो सुन्ने र सम्बोधन गर्ने ‘हेलो सरकार’मा गुनासाको चाङ लागेको छ । विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप,

अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे सहमति
नवलपुर,साउन २० । एक हप्तादेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति भएको छ । सहमतिसँगै गएको बिहीबार १४ गतेदेखि







प्रतिकृया दिनुहोस