-->

गुरु पूर्णिमामा निवृत शिक्षक समाजद्वारा २९ जना शिक्षक सम्मानित

नवलपुर,साउन १४ । नेपाल निवृत्त शिक्षक समाज नवलपुरले निवृत शिक्षक दिवस तथा गुरुपूर्णिमाको अवसरमा जिल्लाका २९ जना शिक्षकहरूलाई सम्मान गरेको छ। समाजले २७ जोडी शिक्षक दम्पति र दुईजना निवृत शिक्षक ९९१ बर्षिय श्रीराम अधिकारी र प्रेमराज सापकोटा० लाई सम्मान गरेको हो। साथै निवृत्त शिक्षक समाजले माध्यमिक शिक्षा परीक्षा ९एसइइ०मा जिल्ला प्रथम हुन सफल भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयलाई समेत सम्मान गरेको छ। नवलपुरको रजहरमा आयोजित शिक्षक सम्मान कार्यक्रमको अध्यक्षता नेपाल निवृत शिक्षक समाज नवलपुरका अध्यक्ष यमलाल कंडेलले गर्नुभएको थियो। कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने प्रमुख अतिथिका रुपमा रहनुभएको थियो। कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाज नवलपुरका संस्थापक अध्यक्ष शरदचन्द्र पण्डित, शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठ, पूर्व शिक्षक दशरथ तिवारी, एकनारायण अधिकारी, नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय सह(कोषाध्यक्ष मनोहरी पौडेल, सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष प्रदिपराज घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । निवृत्त शिक्षक समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बालकृष्ण भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण समाजका सचिव शालिकराम वाग्लेले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस
Nawalpurfm

मध्यविन्दु स्काईलाईन एकेडेमीमा ‘समर मार्ट’ सम्पन्न

विमा गाहा मगर । नवलपुर,साउन २० । मध्यविन्दु स्काईलाईन एकेडेमीमा विद्यार्थीहरूको सक्रिय सहभागितामा ‘समर मार्ट’ कार्यक्रम सम्पन्न भएको छ।

Nawalpurfm

म्याग्दीको शैक्षिक टोलीद्वारा चण्डेश्वरी माविको इकोपोण्ड परियोजनाको अवलोकन

नवलपुर,साउन २०।  कावासोती नगरपालिकाको शिक्षा शाखाले सञ्चालन गरिरहेको “आविष्कार र उत्पादनको जग मेरो विद्यालय” कार्यक्रम अन्तर्गत चण्डेश्वरी

साउन २५ गते शाश्वत धाममा विद्यालय स्तरीय शिव ताण्डव प्रतियोगिता हुँदै

नवलपुर,साउन १८ । साउनको अन्तिम सोमबार अर्थात् साउन २५ गते नवलपुरको देवचुली नगरपालिकामा रहेको शाश्वधाम परिसरमा विद्यालय स्तरीय शिव ताण्डव