-->

देवचुली उद्योग वाणिज्य संघद्वारा महिला उद्यमी विकास समिति गठन

नवलपुर,साउन १४ । देवचुली उद्योग वाणिज्य संघले आफ्नो १३औँ स्थापना दिवसको अवसरमा महिला उद्यमी विकास समिति गठन गरेको छ। महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने, व्यवसायमा महिलाको नेतृत्व बढाउने तथा व्यवसायीबीच सहकार्य र समन्वय सुदृढ गर्ने उद्देश्यले समिति गठन गरिएको संघले जनाएको छ।

बुधबार संघको कार्यालयमा आयोजित कार्यक्रममा कार्यसमिति सदस्य तारा भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिको सचिवमा संगीता बराल सापकोटा र सदस्यमा सीता डुम्रे चयन हुनुभएको छ। समितिमा थप दुई जना महिला सदस्य मनोनयन गरिने जनाइएको छ।

नवगठित समितिले महिला उद्यमीहरूको क्षमता अभिवृद्धि, उद्यम विकास, व्यवसाय विस्तार, तालिम तथा सीप विकास, नेतृत्व विकास र आर्थिक सशक्तीकरणका क्षेत्रमा काम गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा मनकामना हस्पिटलकी कविता खतिवडाले ‘सकारात्मक सोच’ विषयमा प्रेरणादायी प्रस्तुति दिँदै सकारात्मक सोचले आत्मविश्वास, निर्णय क्षमता र कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। व्यवसाय सञ्चालनका क्रममा आउने चुनौतीलाई धैर्य, आत्मविश्वास र सकारात्मक दृष्टिकोणका साथ सामना गर्न सके दीर्घकालीन सफलता हासिल गर्न सकिने उहाँको भनाइ थियो।

संघका अध्यक्ष सत्यनारायण भुसालको अध्यक्षता तथा संस्थापक अध्यक्ष धर्म बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्ले, देवचुली–१२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेल, देवचुली–१३ का वडा अध्यक्ष एकदेव पौडेल, संघका पूर्व अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, स्थानीय व्यवसायी तथा महिला उद्यमीहरूको सहभागिता रहेको थियो।

प्रमुख अतिथि धर्म बस्यालले विगत १३ वर्षमा संघले व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक वातावरण सुधार तथा स्थानीय आर्थिक गतिविधि सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको बताउनुभयो। उहाँले महिला उद्यमीहरूको सक्रिय सहभागिताले संघलाई अझ समावेशी र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो।

देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेले स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट आर्थिक विकासले गति लिने उल्लेख गर्दै उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय उत्पादनको बजारीकरणमा उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। नगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गर्दै व्यवसायमैत्री वातावरण निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

अध्यक्ष सत्यनारायण भुसालले स्थापना कालदेखि संघलाई यहाँसम्म पुर्‍याउन योगदान गर्ने संस्थापक, पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य, व्यवसायी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा महिला तथा युवा उद्यमशीलताको विकास, स्थानीय उत्पादनको प्रवर्द्धन, व्यवसायमैत्री नीति निर्माणका लागि पैरवी तथा सदस्यहितका कार्यक्रमलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विनोद सिलवालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन महासचिव तिलादेवी न्यौपानेले गर्नुभएको थियो। स्थापना दिवसको अवसरमा केक काटेर वार्षिकोत्सव समेत मनाइएको थियो।

प्रतिकृया दिनुहोस
Nawalpurfm

मध्यविन्दु स्काईलाईन एकेडेमीमा ‘समर मार्ट’ सम्पन्न

विमा गाहा मगर । नवलपुर,साउन २० । मध्यविन्दु स्काईलाईन एकेडेमीमा विद्यार्थीहरूको सक्रिय सहभागितामा ‘समर मार्ट’ कार्यक्रम सम्पन्न भएको छ।

Nawalpurfm

म्याग्दीको शैक्षिक टोलीद्वारा चण्डेश्वरी माविको इकोपोण्ड परियोजनाको अवलोकन

नवलपुर,साउन २०।  कावासोती नगरपालिकाको शिक्षा शाखाले सञ्चालन गरिरहेको “आविष्कार र उत्पादनको जग मेरो विद्यालय” कार्यक्रम अन्तर्गत चण्डेश्वरी

साउन २५ गते शाश्वत धाममा विद्यालय स्तरीय शिव ताण्डव प्रतियोगिता हुँदै

नवलपुर,साउन १८ । साउनको अन्तिम सोमबार अर्थात् साउन २५ गते नवलपुरको देवचुली नगरपालिकामा रहेको शाश्वधाम परिसरमा विद्यालय स्तरीय शिव ताण्डव