ददि सापकोटाको छैटौं पुस्तक ‘ज्ञानिका’को लोकार्पण
नवलपुर,कात्तिक २३ । पत्रकार एव्म लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष र संरक्षणका कथासम्बन्धी विषयवस्तु समेटिएको ‘ज्ञानिका’ कृति लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पुस्तकमा समेटिएका विभिन्न शीर्षकका लेखकले सामूहिक रूपमा कृति विमोचन गरेका हुन् ।
गैरआख्यान ‘ज्ञानिका’मा नेपाली प्रकृति, संस्कृति, वन्यजन्तु संरक्षण र विज्ञानको क्षेत्रमा सिङ्गो जीवन अर्पण गरेका साहसी अनि कर्मशील व्यक्तित्वको कर्म र गाथा समेटिएको छ । पर्यटन क्षेत्रबाट पेसा सुरु गर्नुभएका सापकोटा वातावरण, प्रकृति र जीवजन्तुका विषयमा निरन्तर कलम चलाउँदै आउनुभएको छ ।
नेपालका हिमनदी, हिमताल, अनकन्टार डाँडाकाँडा, गड्गडाउँदै बग्ने नदी, गैँडाको ढरढर र हात्तीको हुँकारसम्बन्धी विषयवस्तुको जानकारी पुस्तकको अध्ययनबाट प्राप्त हुने लेखकको भनाइ छ ।
देशका प्रकृति, संस्कृति र वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने २१ जना लेखकद्वारा लिखित नेपालका हिमनदी र बाढीको बदलिँदो अनुहार, अविश्वासिलो जीवसँग तीन दशक, पहाडदेखि मैदानसम्म, प्रकृतिको आश्चर्य, नेपाली जडीबुटी र आयुर्वेदको चमत्कार शीर्षकका लेख समावेश छन् ।

पानीको ऐना र मनको शान्ति !!
पानीको ऐना र मनको शान्ति !! शान्त नीलो पानी, जस्तै एउटा विशाल ऐना, जहाँ आकाशले आफ्नै रूप हेरिरहेछ। तरंगहरू हल्कासँग ठोक्किन्छन्, अनि किनारका स–साना

सामाजिक सञ्जाल स्वस्थ बहसको चौतारी कि अफवाहको फोहोरदानी ?
नवलपुर,माघ १६ । केही दिनयता सामाजिक सञ्जालमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालत जलेको प्रसङ्गमा दिएको अभिव्यक्तिमा बालेन्द्र शाहको नाम

बा’को काँध !!!!!
नवलपुर,भदौं १७ । म सानो छँदा, बाले काँधमा राख्नुहुन्थ्यो बा भन्दा पनि ऑफु उच्चो लाग्थ्यो, अरु भन्दा त ऑफु भीमकाय लाग्थ्यो , शक्ति मैसँग छ, तागत मेरै








प्रतिकृया दिनुहोस