-->

बा’को काँध !!!!!

Nawalpurfm

नवलपुर,भदौं १७ ।
म सानो छँदा,
बाले काँधमा राख्नुहुन्थ्यो
बा भन्दा पनि ऑफु उच्चो लाग्थ्यो,
अरु भन्दा त ऑफु भीमकाय लाग्थ्यो ,
शक्ति मैसँग छ, तागत मेरै मात्रै छ भन्ने सामर्थ्य बढ्थ्यो,


बाको काँधमा छँदा,
पर्वतहरूसँग सिंगेरी खेल्न सक्छु जस्तो लाग्थ्यो,
बाघ नै आएपनि एकपटक भिड्न सक्छु जस्तो लाग्थ्यो,


मेरो वल घट्दा,
वलशाली मेरा बा मेरो साथमा छन् भन्ने लाग्थ्यो,
मेरो बुद्धि लरबराउँदा,
कर्तव्य, करुणा र विवेकयुक्त मेरा बा मेरैलागि तैनाथ छन् जस्तो लाग्थ्यो,
मेरा हर गल्तिहरुलाई सिकाई स्वरुप स्वीकार गरिदिने मेरा बा छन् जस्तो लाग्थ्यो,


बाले ख्वाकदा मात्रै पनि घरको पहरा हुन्थ्यो,
मछु बाबु भन्दै गर्दा पनि अघि बढ्ने ठुलो साहारा हुन्थ्यो,


आज भोलि मेरो अवस्था फरक छ बा ,
जोड्ने भन्दा पनि घटाउनेहरूको भिडमा छु,
उचाल्ने भन्दा पनि खसाल्ने हरूको भिडमा छु,
सघाउने भन्दा पनि दबाउने हरूको भिडमा छु,


तर पनि बा,
तपाईंले सिकाए जस्तै निजत्व र कर्मशिलताका पोयाहरुलाई बाट्दैछु ।


बा,
स्वर्ग जाने बाटो भन्दै कपुरी क सिकाउनु भो ।
म विश्वस्त छु बा,
हजुर त्यही बाटो हुँदै स्वर्ग पुग्नुभएको छ,


हार्दिक श्रद्धासुमन बा !!!!
राजन पाण्डे, काठमाण्डौ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

पानीको ऐना र मनको शान्ति !!

पानीको ऐना र मनको शान्ति !! शान्त नीलो पानी, जस्तै एउटा विशाल ऐना, जहाँ आकाशले आफ्नै रूप हेरिरहेछ। तरंगहरू हल्कासँग ठोक्किन्छन्, अनि किनारका स–साना

Nawalpurfm

सामाजिक सञ्जाल स्वस्थ बहसको चौतारी कि अफवाहको फोहोरदानी ?

नवलपुर,माघ १६ । केही दिनयता सामाजिक सञ्जालमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालत जलेको प्रसङ्गमा दिएको अभिव्यक्तिमा बालेन्द्र शाहको नाम

Nawalpurfm

ददि सापकोटाको छैटौं पुस्तक ‘ज्ञानिका’को लोकार्पण

नवलपुर,कात्तिक २३ । पत्रकार एव्म लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष र संरक्षणका कथासम्बन्धी विषयवस्तु समेटिएको ‘ज्ञानिका’ कृति