सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने ९ जना पक्राउ
नवलपुर,मंसिर ११ । सामाजिक सञ्जालको दुरूपयोग गरी नाबालिक तथा महिलाको चरित्र हत्या, दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
‘अप्रेसन डिजिटल अनर’ अभियान अन्तर्गत एकै दिन उनीहरुलाई देशका विभिन्न ठाउँबाट पक्राउ गरिएको पहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाण्डौका २६ वर्षीय आशिष तामाङ, ललितपुरका ३७ वर्षीय रोहित विक्रम राणा, भारतको बिहार घर भएका ३२ वर्षीय महमद फेसल एजाज, इलामका ३७ वर्षीय विमल दर्जी खत्री र म्याग्दीका ५६ वर्षीय दिलबहादुर मगर छन् ।
त्यस्तै उदयपुरका २५ वर्षीय सुवास कार्की, सुर्खेतका ३२ वर्षीय चिरञ्जीवी सापकोटा र कास्कीबाट १५ र १६ वर्षका दुई किशोर पनि पक्राउ परेका छन् ।
यसमध्ये केहीले फेसबुकमा नक्कली खाता बनाई अश्लील तस्बिर तथा भिडिओ बनाएर चरित्र हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूमाथि विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हिमालका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
नवलपुर,मंसिर ११ । आजदेखि हिमालका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी

भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ लाई मृत्यु घोषणा गर्न सिफारिस
नवलपुर,मंसिर ११ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ व्यक्तिलाई मृत्यु भएको घोषणा गर्न सरकार

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
नवलपुर, मंसिर १० । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिशमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ







प्रतिकृया दिनुहोस