-->

भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ लाई मृत्यु घोषणा गर्न सिफारिस

Nawalpurfm

नवलपुर,मंसिर ११ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ व्यक्तिलाई मृत्यु भएको घोषणा गर्न सरकार समक्ष सिफारिस गरेको छ ।

गृहमन्त्री सुधन गुरूङको अध्यक्षतामा हिजो बसेको बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार २९२ स्वदेशी तथा १९ विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी गरी कुल ३ हजार ९१५ जनालाई मृत्यु भएको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको हो ।

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपदमा परी बेपत्ता व्यक्तिलाई नेपाल सरकारले मृत्युको घोषणा गर्न सक्ने प्रावधान छ ।

यसअघि, स्वदेशी व्यक्तिका हकमा सम्बन्धित पालिकाबाट भएको सिफारिसका आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित तथा विदेशी नागरिकको हकमा सम्बन्धित देशको नेपालमा रहेको नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूचीमाथि दाबी पेश गर्न दुई चरणमा प्राधिकरणले सात दिने सूचना प्रकाशन गरेको थियो ।

प्राधिकरणका अनुसार बाढीमा बेपत्ता भएका ५ हजार २८५ जनामध्ये अहिलेसम्म ३ हजार ९१५ जनाको मात्र विवरण यकिन भएको छ । अझै एक हजार ३७० जनाको विवरण आउन बाँकी छ । बेपत्ताको संख्या पूर्ण रूपमा यकिन नहुँदा पीडित परिवारले कानुनी रूपमा मृत्यु दर्ता, राहत र क्षतिपूर्ति पाउन सकेका छैनन् ।

एक हजार एक सय ४८ वटा शवलाई पहिचान खुल्ने गरी डीएनए नमुना संकलन गरेर जमिनमुनि व्यवस्थापन गरेकोमा अझै पनि डीएनए मिलानका आधारमा पहिचान गरेको छैन । गएको भदौ १० गते भोटेकोशी हुँदै त्रिशुली नदीमा बाढी आउँदा जनधनको अकल्पनीय क्षति भएको थियो ।

सरकारले उद्धारको काम प्रभावकारी रुपमा गरेको र चाँडै पुनर्स्थापनाको काम गर्ने बताए पनि बाढीबाट विस्थापित बनेका हजारौं नागरिकहरू अहिले पनि पुनःस्थापनाको प्रतीक्षामा कष्टकर जीवन बिताउन बाध्य छन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

हिमालका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

नवलपुर,मंसिर ११ । आजदेखि हिमालका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी

Nawalpurfm

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा

नवलपुर, मंसिर १० । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिशमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ

Nawalpurfm

पत्रकार महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

नवलपुर, मंसिर १० । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकारको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ

↑