पत्रकार महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
नवलपुर, मंसिर १० । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकारको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
पहिलो चरणको आन्दोलनपछि पनि सरकारले माग सम्बोधन नगरेको भन्दै महासङ्घले राजनीतिक दलहरूलाई दबाव दिन नयाँ कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित कार्यक्रमअनुसार मङ्सिर १३ गतेदेखि १८ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयहरूमा धर्ना दिइनेछ । कुनै दलले लिखित ऐक्यबद्धता जनाएमा भने सम्बन्धित दलको कार्यालयको धर्ना कार्यक्रम फिर्ता लिने महासङ्घले जनाएको छ ।
त्यस्तै मङ्सिर २० गते काठमाण्डौको माइतीघरसहित देशभरका जिल्ला सदरमुकामहरूमा कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गरिनेछ ।
समाचार कक्षमा प्रहरी प्रवेश, प्रेस स्वतन्त्रता नियन्त्रणका प्रयास, श्रम अधिकार उल्लङ्घन र लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइएको विरोधमा महासङ्घ आन्दोलित बनेको हो ।

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
नवलपुर, मंसिर १० । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिशमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ

तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन
नवलपुर,मंसिर १० । तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले

पत्रकार धरपकड र प्रेस स्वतन्त्रता हस्तक्षेपविरुद्ध महासंघको देशव्यापी प्रदर्शन
नवलपुर,मंसिर १० । नेपाल पत्रकार महासंघले पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध देशव्यापी विरोध प्रदर्शन







प्रतिकृया दिनुहोस