-->

पत्रकार धरपकड र प्रेस स्वतन्त्रता हस्तक्षेपविरुद्ध महासंघको देशव्यापी प्रदर्शन

Nawalpurfm

नवलपुर,मंसिर १० । नेपाल पत्रकार महासंघले पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको छ ।

महासंघले हिजो देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना तथा प्रदर्शन गरेको हो । ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित आयोजित प्रदर्शनमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारमाध्यमको न्यूजरुममै प्रवेश गरी हस्तक्षेप गर्ने तथा समाचार स्रोत खुलाउन दबाब दिने प्रवृत्ति रोक्न माग गरिएको छ ।

महासंघले प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश फिर्ता लिन पनि सरकारसँग माग गरेको छ । सरोकारवालासँग पर्याप्त छलफल गरी संसद्बाटै कानुन निर्माण गर्नुपर्ने महासंघको माग छ ।

त्यसैगरी, लोककल्याणकारी विज्ञापनमा गरिएको कटौती फिर्ता लिन, सञ्चारमाध्यममाथिको आर्थिक दबाब अन्त्य गर्न तथा पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न पनि महासंघले माग गरेको छ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारमाथिको धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रोक्न तथा दोषीमाथि कारबाही गर्न माग गर्नुभएको छ ।

महासंघले सरकारलाई आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गर्दै माग पूरा नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा

नवलपुर, मंसिर १० । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिशमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ

Nawalpurfm

पत्रकार महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

नवलपुर, मंसिर १० । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकारको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ

Nawalpurfm

तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

नवलपुर,मंसिर १० । तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले

↑