नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गर्ने ४ जना पक्राउ
नवलपुर,मंसिर १० । नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गरेको आरोपमा काभ्रे प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक र काठमाण्डौका विभिन्न ठाउँमा शृङ्खलाबद्ध लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा संगीता तामाङ, वीरध्वज तामाङ, नवराज घिमिरे विक र प्रवीण सुनुवार छन् । प्रहरीका अनुसार पक्राउ परेकाहरूले विशेषगरी वृद्धवृद्धा तथा महिलालाई निशाना बनाउने गरेका थिए ।
उनीहरूले खानेकुरामा नशालु पदार्थ मिसाएर खुवाउने र बेहोस भएपछि पीडितसँग भएका सुनका गरगहना, नगद तथा मोबाइल लुटेर लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
लुटिएको सुन पगालेर स्वरूप परिवर्तन गरिएको अवस्थामा नवराज घिमिरेलाई पक्राउ गरेको छ । पक्राउ परेका चारै जनालाई जिल्ला सरकारी वकिल कार्यालय काभ्रेमा पेस गरेको प्रहरीले जनाएको छ ।

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
नवलपुर, मंसिर १० । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिशमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ

पत्रकार महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
नवलपुर, मंसिर १० । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकारको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ

तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन
नवलपुर,मंसिर १० । तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले







प्रतिकृया दिनुहोस