लामो समयदेखि बन्द विराटनगर जुट मिल्स सञ्चालन गर्ने सरकारको तयारी
नवलपुर,मंसिर १० । लामो समयदेखि बन्द रहेको देशकै पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल्स फेरि सञ्चालनमा ल्याउने तयारी सरकारले गरेको छ ।
यसका लागि सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तासँग आशयपत्र माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा जुट मिल्स सञ्चालनका लागि ३५ दिनभित्र आशयपत्र पेश गर्न आह्वान गरिएको हो ।
सार्वजनिक–निजी साझेदारी मोडेलमा उद्योग सञ्चालन गर्ने सरकारको योजना छ । जुट मिल्स सञ्चालक समितिका अध्यक्ष नन्दलाल देवकोटाका अनुसार नेपाल, भारत, बङ्गलादेश र चीनका कम्पनीले उद्योग सञ्चालनका लागि प्रस्ताव पेस गर्न सक्नेछन् ।
नेपालमा जुट उद्योग सञ्चालन गरिरहेका व्यवसायीले विदेशी कम्पनीसँग साझेदारी गरेर पनि सहभागी हुन पाउनेछन् । नयाँ लगानीकर्ताले उद्योगलाई आधुनिक प्रविधिसहित सञ्चालन गर्नुपर्नेछ । दैनिक १२५ टन जुट तथा जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य छ ।
उद्योग पूर्ण क्षमतामा सञ्चालन भएमा पाँच सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ । १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल्स नेपालको पहिलो आधुनिक उद्योग हो । पटक–पटक बन्द हुँदै आएको यो उद्योग लामो समयदेखि सञ्चालनमा छैन ।

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
नवलपुर, मंसिर १० । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिशमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ

पत्रकार महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
नवलपुर, मंसिर १० । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकारको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ

तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन
नवलपुर,मंसिर १० । तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले







प्रतिकृया दिनुहोस