विपद् प्रभावितले अनुदानका लागि वडामार्फत आवेदन दिन सक्ने
नवलपुर,मंसिर १० । सरकारले विपद्का प्रभावितलाई अनुदानको लागि आवेदन दिन आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित परिवारलाई सम्बन्धित वडा कार्यालयमार्फत अनुदानका लागि आवेदन दिन भनेको हो ।
निजी आवास पूर्ण रूपमा क्षति भएको वा आंशिक क्षति भए पनि बसोबास गर्न योग्य नरहेको परिवारले अनुदानको लागि आवेदन दिन सक्नेछन् ।
आवेदनमा परिवारका सबै सदस्यको नाम, थर, उमेर, लिङ्गलगायत अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, एकल महिला, दीर्घरोगी, लोपोन्मुख जाति, भूमिहीन, दलित तथा यौनिक अल्पसङ्ख्यकको विवरणसमेत स्पष्ट खुलाउनुपर्नेछ ।
वैकल्पिक बसोबासको व्यवस्था नहुँदासम्म ६ महिनासम्मका लागि राहतस्वरूप रकम उपलब्ध गराउने सरकारको योजना छ । ४ जनासम्म सदस्य भएको परिवारले प्रतिपरिवार प्रतिमहिना १५ हजार रुपैयाँ पाउँनेछन् ।
पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले भने थप हरेक सदस्यका लागि प्रति महिना २ हजार रुपैयाँका दरले अनुदान प्राप्त गर्ने प्राधिकरणले जनाएको छ । अनुदान प्राप्त गर्न प्रभावित परिवारले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ ।
विपद्का कारण तत्काल बैंक खाता खोल्न नसक्ने अवस्था भए आवश्यक व्यवस्था मिलाएर नगदसमेत वितरण गर्न सकिने प्राधिकरणले जनाएको छ ।

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
नवलपुर, मंसिर १० । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिशमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ

पत्रकार महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
नवलपुर, मंसिर १० । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकारको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ

तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन
नवलपुर,मंसिर १० । तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले







प्रतिकृया दिनुहोस