-->

सुक्खा पहिरोले पृथ्वी राजमार्ग फेरि बन्द, खुलाउने प्रयास चल्दै

Nawalpurfm

नवलपुर,कात्तिक २५ । चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा आज बिहान फेरि सुक्खा पहिरो खसेको छ ।

पहिरोले पृथ्वी राजमार्ग बन्द छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकाअनुसार बिहान पौने ४ बजे पहिरो खसेको हो । सुक्खा पहिरोले दुईतर्फी नै सडक अवरुद्ध छ ।

पृथ्वी राजमार्गको घोप्टेभीरमा आइतबार, सोमबार र हिजो मंगलबार लगातार पहिरो खसेपछि यात्रुलाई सास्ती भएको छ । विशेष गरी तिहार मनाउन आवतजावत गर्नेहरू समस्यामा परेका छन् ।

हिजो दिउँसो सडक खुलेको भए पनि आज बिहानै फेरि पहिरो खस्दा बन्द भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी सहायक निरीक्षक द्वारिका खवासले जानकारी दिनुभयो ।

पहिरोका कारण मुग्लिन हुँदै सङ्घीय राजधानी काठमाण्डौ भित्रने र बाहिरिने गाडी रोकिएका छन् । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

नवलपुर,कात्तिक २५ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका, दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी मनाउने गरिन्छ । हरेक वर्ष कात्तिक शुक्ल

Nawalpurfm

आज गणेशमान सिंहको ११२औँ जन्मजयन्ती मनाइँदै

नवलपुर,कात्तिक २४ । प्रजातन्त्र पुनः स्थापनाका लागि २०४६ सालमा भएको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्म जयन्ती आज विभिन्न

Nawalpurfm

कोप–३१ मा नेपालको पर्वतीय एजेन्डा प्राथमिकतामा

नवलपुर,कात्तिक २४ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) ले नेपाल र भुटानले संयुक्त रूपमा

↑