-->

नेपालमा हरेक १० मिनेटमा १ जनालाई मस्तिष्कघात

Nawalpurfm

नवलपुर, कात्तिक १२ । नेपालमा हरेक वर्ष ५० हजारभन्दा धेरै मानिस मस्तिष्कघात अर्थात ‘स्ट्रोक’ बाट प्रभावित हुने गरेका छन् ।

विश्व मस्तिष्कघात दिवसका अवसरमा नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष डा। राजु पौडेलले नेपालमा हरेक १० मिनेटमा एक जनामा मस्तिष्कघात हुने गरेको तथ्य जानकारी गराउनुभएको हो । मस्तिष्कघात भएकामध्ये १५ देखि २० प्रतिशतले अकालमा ज्यान गुमाउने गरेका छन् ।

डा। पौडेलका अनुसार मस्तिष्कको कुनै भागमा रक्तसञ्चार अवरुद्ध भई अक्सिजन र पोषक तत्त्वको कमी हुँदा मस्तिष्कघात हुने गर्छ ।

उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूम्रपान, निष्क्रिय जीवनशैली र असन्तुलित खानपान मस्तिष्कघातका मुख्य कारण हुन् ।

सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, बोली लरबराउनु, आँखाको ज्योति अचानक गुम्नु र हातखुट्टा लुलो हुनु यसका प्रमुख लक्षण हुन् । यस्ता लक्षण देखिएमा चार घण्टाभित्रै अस्पताल पुर्‍याउन सके बिरामीको प्रभावकारी उपचार सम्भव हुने चिकित्सकहरूको भनाइ छ ।

विश्वभर हरेक वर्ष १ करोड २० लाख मानिस मस्तिष्कघातबाट प्रभावित हुने गरेका छन् । नेपालजस्ता विकासोन्मुख देशमा यसको जोखिम उच्च रहेकाले सरकारले यसको रोकथाम र उपचारमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

सरकारी अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी गर्ने २ जना पक्राउ

नवलपुर, कात्तिक १२ । कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन् । नेपाल

Nawalpurfm

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

नवलपुर, कात्तिक १२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ

Nawalpurfm

हिमालय क्षेत्रमा अव्यवस्थित निर्माण स् ३ लाख मानिस विपद्को जोखिममा

नवलपुर, कात्तिक १२ । हिमालय क्षेत्रमा जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण ठूलो मानवीय जोखिम बढेको छ । नयाँ अध्ययन अनुसार उत्तरी नेपाल, तिब्बत र

↑