कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ
नवलपुर, कात्तिक १२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पार्टी कार्यालय सानेपामा आज आयोजित विशेष समारोहमा सभापति गगनकुमार थापाले शपथ ग्रहण गराउनुभएको हो । सभापति थापाले गएको असोज ३१ गते नै शपथ ग्रहण गर्नुभएको थियो ।
शपथ लगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ ।
गएको असोज १८ देखि २३ गतेसम्म काठमाण्डौको खुलामञ्चमा सम्पन्न १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा। चन्द्रकान्त भण्डारी र ई। मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको छ ।
त्यस्तै महामन्त्रीत्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला सङ्ग्रौला (पन्त) निर्वाचित हुनुभएको थियो । यसैगरी विभिन्न क्लस्टररबाट ११ जना सहमहामन्त्री निर्वाचित भएका छन् ।
कांग्रेसले चार जना केन्द्रीय सदस्यको भने शपथ रोकेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले उनीहरूको शपथ रोकिएको छ ।
नवनिर्वाचित केन्द्रीय सदस्य सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ लिन पाएनन् ।
शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि सानेपामा बस्ने भएको छ ।

नेपालमा हरेक १० मिनेटमा १ जनालाई मस्तिष्कघात
नवलपुर, कात्तिक १२ । नेपालमा हरेक वर्ष ५० हजारभन्दा धेरै मानिस मस्तिष्कघात अर्थात ‘स्ट्रोक’ बाट प्रभावित हुने गरेका छन् । विश्व मस्तिष्कघात

हिमालय क्षेत्रमा अव्यवस्थित निर्माण स् ३ लाख मानिस विपद्को जोखिममा
नवलपुर, कात्तिक १२ । हिमालय क्षेत्रमा जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण ठूलो मानवीय जोखिम बढेको छ । नयाँ अध्ययन अनुसार उत्तरी नेपाल, तिब्बत र

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने
नवलपुर,कात्तिक १२ । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्र्नब’को प्रभावले आजदेखि पर्सि शनिवारसम्म वर्षा र हिमपात हुने भएको छ । भारतबाट








प्रतिकृया दिनुहोस