-->

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

Nawalpurfm

नवलपुर,कात्तिक १२ । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्र्नब’को प्रभावले आजदेखि पर्सि शनिवारसम्म वर्षा र हिमपात हुने भएको छ ।

भारतबाट नेपालतर्फ सोझिरहेको प्रणालीको असरले हिजोदेखि बदली शुरु भएको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार आजदेखि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको जोखिम छ ।

आज दिउँसो मध्यमसम्मको वर्षा हुने र भरे बेलुकीदेखि पर्सि शनिवारसम्म केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमका जानकार उज्ज्वल उपाध्यायका अनुसार चक्रवातको प्रभावले नेपालमा वर्षा र हिमपात भए पनि भारतमा जस्तो हावाहुरी चल्ने सम्भावना भने छैन ।

नेपालबाट करिब दुई हजार किलोमिटर टाढा रहेको यो प्रणाली यहाँसम्म आइपुग्दा धेरै कमजोर भैसक्ने उहाँको भनाइ छ । आज बेलुकीदेखि देशका विभिन्न ठाउँमा वर्षा शुरु भएर भोलि थप तीव्रताका साथ पानी पर्ने उहाँले जानकारी दिनुभएको छ ।

मौसम पूर्वानुमान महाशाखाले निकालेको पछिल्लो मौसमी बुलेटिनअनुसार देशका केही ठाउँमा भरेदेखि पर्सि शनिबारसम्म ठूलो वर्षा र हिमपात हुनेछ भने आइतवारदेखि मौसममा सुधार आउनेछ ।

कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ । त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै ठाउँमा मेघ गर्जन र चट्याङ तथा असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगका एकरदुई ठाउँमासमेत ठूलो वर्षा र हिमपातको सम्भावना छ ।

पर्सि शनिवारसम्म धानकाट्न, उच्च हिमाली भूभागमा नजान र सुरक्षित ठाउँमा रहन तथा अत्यावश्यक बाहेक यात्रा नगर्न मौसमविद्हरुले सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

नवलपुर,कात्तिक १० । बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि बुधबार रातिदेखि पर्ने भएको छ । पर्सि बिहीबार, शुक्रबार र शनिबार देशका

Nawalpurfm

भोटेकोशी बाढीको दुई महिना पुग्यो : एक हजार ३४५ शवको अझै सनाखत हुन सकेन

नवलपुर,कात्तिक १० । भोटेकोशी बाढीको दुई महिना पुगेको छ । गएको भदौ १० मा रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीमा ५ हजार २८५ जना बेपत्ता भएकोमा एक

Nawalpurfm

गुल्मीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो, तीन जना घाइते

नवलपुर,कात्तिक १० । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

↑