गुल्मीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो, तीन जना घाइते
नवलपुर,कात्तिक १० । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।
तीन जना घाइते भएका छन् । दुर्घटनामा चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका ५० वर्षीय लोकनाथ पाण्डे, सिरकोटकै सीता पाण्डे र कुलानन्द पाण्डे तथा वालिङ नगरपालिका–२ की नीता बगालेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।
पाँच जनाको घटनास्थलमै र नीता बगालेको उपचारकाक्रममा स्याङ्जाको मिर्मीमा रहेको कालीगण्डकी सामुदायिक अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते हुनेहरुमा कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी रहेको प्रहरीले जनाएको छ ।
घाइतेको कालीगण्डकी सामुदायिक अस्पताल र पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ । स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट हुँदै राक्सेका लागि छुटेको बा ०२२० नम्बरको जीप हिजो बेलुका दुर्घटना भएको हो ।
दुर्घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल प्रहरी चौकी पुर्तिघाटबाट झण्डै ६ किलोमिटर दक्षिणमा पर्छ ।

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने
नवलपुर,कात्तिक १० । बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि बुधबार रातिदेखि पर्ने भएको छ । पर्सि बिहीबार, शुक्रबार र शनिबार देशका

भोटेकोशी बाढीको दुई महिना पुग्यो : एक हजार ३४५ शवको अझै सनाखत हुन सकेन
नवलपुर,कात्तिक १० । भोटेकोशी बाढीको दुई महिना पुगेको छ । गएको भदौ १० मा रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीमा ५ हजार २८५ जना बेपत्ता भएकोमा एक

रसुवाको उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया शुरु
नवलपुर, कात्तिक ९ । नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको








प्रतिकृया दिनुहोस