-->

दशैँ मनाएर काठमाण्डौ फर्किनेहरुकोे चाप बढ्यो, आजदेखि सरकारी कार्यालयहरु खुला

Nawalpurfm

नवलपुर,कात्तिक ९ । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरु बिदा सकिएसँगै काठमाण्डौ उपत्यका फर्किने क्रम बढेको छ । आवागमन बढेसँगै सडक, सार्वजनिक यातायात तथा बसपार्कमा चहलपहल बढेको छ ।

रोजगारी, अध्ययन तथा व्यवसायका लागि काठमाण्डौ उपत्यकामा बस्दै आएका नागरिक दशैँको टीका, जमरा र पारिवारिक भेटघाटपछि नियमित काममा फर्किन थालेका हुन् ।

लामो बिदापछि सरकारी तथा गैरसरकारी कार्यालय, विभिन्न व्यवसाय फेरि शुरु भएसँगै संघीय राजधानी फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको हो ।

आजदेखि सरकारी कार्यालयहरु पनि खुल्दैछन् । यात्रुको आवागमन बढेसँगै संघीय राजधानी प्रवेश गर्ने प्रमुख सडकमा चहलपहल थपिएको छ ।

काठमाण्डौ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख नाकाहरू नागढुङ्गा थानकोट, साँगा , बालाजु, बल्खु र टोखा छहरे क्षेत्रमा गाडी तथा यात्रुको चाप बढेको छ । यात्रु तथा गाडी चालकलाई ट्राफिक नियमको पालना गर्न र यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

नवलपुर, कात्तिक ९ । भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै

Nawalpurfm

बन्द भएका सरकारी वेबसाइट खुल्न थाले

नवलपुर,कात्तिक ९ । गएको बिहीबारदेखि बन्द भएका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू सञ्चालन हुन थालेका छन् । विश्वभर वेबसाइट बनाउन प्रयोग हुने

Nawalpurfm

भोलि र पर्सि केही ठाउँमा हल्का वर्षा, पर्सिदेखि ठूलो वर्षाको सम्भावना

नवलपुर,कात्तिक ९ । भोलि र पर्सि देशका केही ठाउँमा हल्का वर्षा हुने र पर्सि बिहीबारदेखि भने ठूलो वर्षाको सम्भावना रहेको मौसमविदहरुले बताएका छन्

↑