-->

बन्द भएका सरकारी वेबसाइट खुल्न थाले

Nawalpurfm

नवलपुर,कात्तिक ९ । गएको बिहीबारदेखि बन्द भएका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू सञ्चालन हुन थालेका छन् । विश्वभर वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामक प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी फेला परेपछि वेबसाइट र अनलाइन सेवा बन्द गरिएको थियो ।

नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग र भेहिकल ट्रयाकिङ प्रणाली (भीटीएस) लगायतका प्रमुख सरकारी र वित्तीय निकायका वेबसाइटहरू चार दिनसम्म बन्द भएका थिए ।

 

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार सुरक्षा प्याच र परीक्षण सम्पन्न भएपछि धेरै सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सामान्य रूपमा सञ्चालनमा आएको छ । बाँकी सेवाहरू पनि छिट्टै सञ्चालनमा ल्याउने गरी काम भैरहेको केन्द्रले जनाएको छ ।

पीएचपी मुख्यतया वेबसाइट र वेब एप्लिकेसनहरू निर्माण गर्न प्रयोग गरिने एक प्रोग्रामिङ भाषा हो । यही प्रणालीमा समस्या आएको र यसको अपग्रेडका लागि सूचना जारी भएकाले सरकारी तथा सार्वजनिक निकायका वेबसाइटहरु बन्द भएका थिए । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

नवलपुर, कात्तिक ९ । भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै

Nawalpurfm

दशैँ मनाएर काठमाण्डौ फर्किनेहरुकोे चाप बढ्यो, आजदेखि सरकारी कार्यालयहरु खुला

नवलपुर,कात्तिक ९ । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरु बिदा सकिएसँगै काठमाण्डौ उपत्यका फर्किने क्रम बढेको छ । आवागमन बढेसँगै सडक, सार्वजनिक

Nawalpurfm

भोलि र पर्सि केही ठाउँमा हल्का वर्षा, पर्सिदेखि ठूलो वर्षाको सम्भावना

नवलपुर,कात्तिक ९ । भोलि र पर्सि देशका केही ठाउँमा हल्का वर्षा हुने र पर्सि बिहीबारदेखि भने ठूलो वर्षाको सम्भावना रहेको मौसमविदहरुले बताएका छन्

↑