भोलि र पर्सि केही ठाउँमा हल्का वर्षा, पर्सिदेखि ठूलो वर्षाको सम्भावना
नवलपुर,कात्तिक ९ । भोलि र पर्सि देशका केही ठाउँमा हल्का वर्षा हुने र पर्सि बिहीबारदेखि भने ठूलो वर्षाको सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।
बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएर बिहीबारदेखि आइतबारसम्म वर्षा हुने सम्भावना रहेको मौसमविदहरुको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पर्सिदेखि नै मौसम बद्ली भई बिहीबारदेखि वर्षाको प्रभाव तीव्र हुने सम्भावना छ । भोलि र पर्सि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका एक दुई ठाउँमा हल्का वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । बिहीबारदेखि भने ठूलो वर्षाको सम्भावना छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पूर्वी भू-भागमा वर्षाको बढी प्रभाव पर्ने देखिएको छ भने सुदूरपश्चिम र कर्णालीमा यसको असर तुलनात्मक रूपमा कम हुनेछ ।
मौसमसम्बन्धी जानकार उज्ज्वल उपाध्यायका अनुसार बिहीबारदेखि आइतवारसम्म देशका विभिन्न ठाउँमा औसतमा एक सय मिलिमिटर र केही ठाउँमा दुई सय मिलिमिटरसम्म वर्षा हुन सक्छ ।
गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, कास्की, लमजुङ, गोरखा, म्याग्दी र बागलुङलगायत पहाडी तथा हिमाली क्षेत्रमा अत्यधीक वर्षा र हिमपातको बढी जोखिम रहेको छ । मनसुनमा भिजेर नसुकेको जमिनमा बाढी, पहिरो र हिमपहिरोको जोखिम रहने विज्ञहरूले बताएका छन् ।
अहिले धान काट्ने र पर्वतारोहणको समय भएकाले किसान तथा पर्यटकहरूलाई विशेष सतर्कता अपनाउन मौसमबिद्को आग्रह छ । धान खेतमै भिजेर नष्ट हुनबाट बचाउन किसानलाई आज भोलिमै धान काटेर सुरक्षित ठाउँमा थन्क्याउन उनीहरुको सुझाव छ ।
साथै, आउँदो १२ गतेदेखि १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रामा जाने योजना बनाएका पर्यटकहरूलाई यात्रा स्थगित गर्न वा सुरक्षित ठाउँमा रहन मौसम पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ ।

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो
नवलपुर, कात्तिक ९ । भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै

दशैँ मनाएर काठमाण्डौ फर्किनेहरुकोे चाप बढ्यो, आजदेखि सरकारी कार्यालयहरु खुला
नवलपुर,कात्तिक ९ । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरु बिदा सकिएसँगै काठमाण्डौ उपत्यका फर्किने क्रम बढेको छ । आवागमन बढेसँगै सडक, सार्वजनिक

बन्द भएका सरकारी वेबसाइट खुल्न थाले
नवलपुर,कात्तिक ९ । गएको बिहीबारदेखि बन्द भएका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू सञ्चालन हुन थालेका छन् । विश्वभर वेबसाइट बनाउन प्रयोग हुने









प्रतिकृया दिनुहोस