सप्तकोशीमा मोटरबोट पल्टिँदा ३ जनाको ज्यान गयो
नवलपुर, कात्तिक ८ । सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा तीन जनाको ज्यान गएको छ ।
भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ गइरहेको मोटरबोट धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणी नजिक दुर्घटनामा परेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ५ वर्षीया बालिका, ३५ वर्षीया महिला र ४० वर्षीय पुरुष छन् । उनीहरूको पहिचान खुलेको छैन । पौडेर बाँचेका मोटरबोटका चालक सुमन मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बोटमा चढ्न ११ जनाको टिकट काटिएको देखिए पनि १६ जना रहेका पाइएको छ । चालकसहित १० जनाको उद्धार भएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो
नवलपुर, कात्तिक ९ । भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै

दशैँ मनाएर काठमाण्डौ फर्किनेहरुकोे चाप बढ्यो, आजदेखि सरकारी कार्यालयहरु खुला
नवलपुर,कात्तिक ९ । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरु बिदा सकिएसँगै काठमाण्डौ उपत्यका फर्किने क्रम बढेको छ । आवागमन बढेसँगै सडक, सार्वजनिक

बन्द भएका सरकारी वेबसाइट खुल्न थाले
नवलपुर,कात्तिक ९ । गएको बिहीबारदेखि बन्द भएका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू सञ्चालन हुन थालेका छन् । विश्वभर वेबसाइट बनाउन प्रयोग हुने









प्रतिकृया दिनुहोस