-->

सुरक्षा जोखिमका कारण धेरैजसो सरकारी वेबसाइट ४ दिनदेखि बन्द

Nawalpurfm

नवलपुर,कात्तिक ८ । वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ कोडिङ प्रणालीमा विश्वव्यापी रूपमा सुरक्षा जोखिम भेटिएपछि सम्भावित साइबर आक्रमणबाट बच्न गएको बिहीवार कात्तिक ५ गतेदेखि नेपालका हजारौँ सरकारी वेबसाइट बन्द गरिएका छन् ।

वेबसाइट बन्द हुँदा नयाँ लाइसेन्सको अनलाइन फाराम, मालपोतको भू–सेवा र राजस्व अनुसन्धानको भीसीटीएसजस्ता अत्यावश्यक सेवाहरू ठप्प भएका छन् ।

नेपाल राष्ट्र बैंकको वेबसाइटसमेत बन्द हुँदा दैनिक विदेशी मुद्राको विनिमय दर र ब्याजदरसम्बन्धी जानकारी लिन सामाजिक सञ्जालको सहारा लिनुपरेको छ ।

निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले ३–४ घण्टाभित्रै प्रणाली सुरक्षित बनाएर सेवा शुरू गरिसके पनि सरकारी निकाय भने ४ दिनदेखि अलमलमै देखिन्छन् । यसले सरकारको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ ।

राहदानी विभाग, श्रम स्वीकृति र राष्ट्रिय परिचयपत्रजस्ता पीएचपी प्रयोग नभएका सेवा भने सञ्चालनमै छन् ।

राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सफ्टवेयर विकास केन्द्रका अनुसार अहिलेसम्म नेपालमा कुनै साइबर आक्रमण भने भएको छैन ।

प्रणालीलाई नयाँ र सुरक्षित संस्करणमा अद्यावधिक गरी प्राविधिक परीक्षण पछि भोलि वा पर्सिसम्ममा सबै वेबसाइट पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रका प्रवक्ता राजकुमार महर्जनले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

नवलपुर, कात्तिक ९ । भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै

Nawalpurfm

दशैँ मनाएर काठमाण्डौ फर्किनेहरुकोे चाप बढ्यो, आजदेखि सरकारी कार्यालयहरु खुला

नवलपुर,कात्तिक ९ । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरु बिदा सकिएसँगै काठमाण्डौ उपत्यका फर्किने क्रम बढेको छ । आवागमन बढेसँगै सडक, सार्वजनिक

Nawalpurfm

बन्द भएका सरकारी वेबसाइट खुल्न थाले

नवलपुर,कात्तिक ९ । गएको बिहीबारदेखि बन्द भएका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू सञ्चालन हुन थालेका छन् । विश्वभर वेबसाइट बनाउन प्रयोग हुने

↑