-->

मौसम पूर्वानुमानमा ‘एआई’ प्रयोगदेखि हिमाली अनुसन्धानसम्म प्राथमिकतामा

Nawalpurfm

नवलपुर,कात्तिक ८ । सरकारले मौसम पूर्वानुमानलाई अझ सटीक र प्रविधिमैत्री बनाउन आधुनिक प्रविधि, कृत्रिम बुद्धिमत्ता अर्थात् एआई र हिमाली जलवायु अनुसन्धानलाई प्राथमिकता दिँदै दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आज यी श्वेतपत्र जारी गरेका हुन् ।

विभागको योजनाअनुसार अब मौसमसम्बन्धी तथ्याङ्क विश्लेषणमा एआई र मेशिन लर्निङ प्रविधिको प्रयोग गरिनेछ । यसले ३ देखि ७ दिनसम्मको मौसम पूर्वानुमानलाई थप विश्वसनीय बनाउनुका साथै कृषि, स्वास्थ्य, पर्यटन र विपद् व्यवस्थापनमा ठूलो सहयोग पुग्नेछ ।

मौसम अनुगमनका लागि काठमाण्डौ उपत्यकालगायत जोखिमयुक्त क्षेत्रमा आधुनिक एक्स–ब्यान्ड राडार र थप प्रदेशहरूमा ६ वटा रेडियोसोन्डे केन्द्र स्थापना गर्ने सरकारको प्रस्ताव छ ।

यस्तै हवाई उडान सुरक्षालाई चुस्त बनाउन हवाई मौसम निर्देशनालय स्थापना गर्ने र हिमाली जलवायु अध्ययनका लागि छुट्टै अनुसन्धान केन्द्र बनाउने लक्ष्य छ ।

अर्कोतर्फ, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढी जोखिम न्यूनीकरणका लागि ६ वटा प्रमुख नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गर्ने भएको छ ।

साथै हिमताल विस्फोटको जोखिम घटाउन सन् २०२६ देखि २०३३ सम्म झन्डै ५ अर्ब रुपैयाँको ‘ग्लोफ सञ्जीवनी आयोजना’ सञ्चालन गरिनेछ । यस आयोजनामार्फत अत्यधिक जोखिममा रहेका मनाङको ठुलागी, सङ्खुवासभाको तल्लो अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होङ्गु–२ गरी ४ वटा हिमतालको पानीको सतह घटाइने श्वेतपत्रमा भनिएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

नवलपुर, कात्तिक ९ । भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै

Nawalpurfm

दशैँ मनाएर काठमाण्डौ फर्किनेहरुकोे चाप बढ्यो, आजदेखि सरकारी कार्यालयहरु खुला

नवलपुर,कात्तिक ९ । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरु बिदा सकिएसँगै काठमाण्डौ उपत्यका फर्किने क्रम बढेको छ । आवागमन बढेसँगै सडक, सार्वजनिक

Nawalpurfm

बन्द भएका सरकारी वेबसाइट खुल्न थाले

नवलपुर,कात्तिक ९ । गएको बिहीबारदेखि बन्द भएका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू सञ्चालन हुन थालेका छन् । विश्वभर वेबसाइट बनाउन प्रयोग हुने

↑