-->

फ्रान्समा दंगा फैलिएपछि मध्य पेरिस र अन्य शहरमा पनि कर्फ्यू

Nawalpurfm

नवलपुर,कात्तिक ३ । फ्रान्समा एक हप्तादेखि चलिरहेको प्रदर्शन, हिंसा र लुटपाटका घटनापछि सरकारले राजधानी पेरिससहित विभिन्न शहरका केही क्षेत्रमा रातिको समयमा कर्फ्यू लगाएको छ ।

पेरिस प्रहरीले स्थानीय समयअनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्लेस डे ला रिपब्लिक र लेस हलेस क्षेत्र आसपास कर्फ्यू लागू गरेको बीबीसीले जनाएको छ । राजधानीका अन्य केही क्षेत्रमा अनधिकृत भेला हुनसमेत प्रतिबन्ध लगाइएको छ ।

त्यसैगरी, मार्सेली, बोर्डो, नाइस, लियोन र लिललगायत शहरमा पनि युवाहरूको आवागमन र भेला नियन्त्रण गर्न आंशिक कर्फ्यू लगाइएको छ । प्रदर्शन नियन्त्रण गर्न नसकेको भन्दै विपक्षी राजनीतिज्ञहरूले गृहमन्त्री लरेन्ट नुनेजको आलोचना गरेका छन् । गृहमन्त्रीले केही शहरमा प्रहरीले स्थिति नियन्त्रण गर्न नसकेको स्वीकार गर्नुभएको छ ।

यसैबीच, राष्ट्रपति इम्यानुएल म्याक्रोनले उहाँको राजीनामा अस्वीकार गर्नुभएको छ । हिजो बसेको संकट व्यवस्थापन बैठकपछि प्रधानमन्त्रीले आवश्यक देखिएका क्षेत्रमा कर्फ्यू लगाउन स्थानीय मेयरहरूलाई अधिकार दिइएको बताउनुभएको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

इन्डोनेसियाको भीषण डढेलोका कारण सिंगापुर र मलेसियामा वायु प्रदूषण तीव्र

नवलपुर,असोज २९ । इन्डोनेसियामा फैलिएको भीषण डढेलोका कारण उत्पन्न तुवाँलो र वायु प्रदूषणले दक्षिण–पूर्वी एसियाली देशहरूमा गम्भीर असर पारेको छ

Nawalpurfm

जर्मनी र बेलायतका विदेशमन्त्रीद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन माग

नवलपुर,असोज,२८ । जर्मनी र बेलायतका विदेशमन्त्रीले युक्रेनमाथि रुसको आक्रमणको जवाफमा रुसमाथि थप प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन् । जर्मन

Nawalpurfm

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प : भवन, पुल, सडकलगायतका संरचना भत्किए

नवलपुर,असोज २४ । मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी पानामा शहरसम्म धक्का महसुस भएको छ भने

↑