-->

बागमती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा

Nawalpurfm

नवलपुर, असोज २१ । गएराति बागमती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कास्कीको मालेपाटनमा ३४ मिलिमिटर वर्षा मापन भएको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, काठमाण्डौको थानकोट र  ताप्लेजुङको दोभानमा पनि मध्यम वर्षा भएको छ ।

हिजो दिउँसो पनि काठमाण्डौमा ठूलो पानी परेको थियो । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

अहिले बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ । लुम्बिनी र सुदूरपश्चिम ,मधेश, कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू–भागको थोरै ठाउँमा पनि मेघगर्जनरचट्याङ्ग ,हावाहुरी र असिना सहित मध्यमवर्षाको सम्भावना रहेको महाशाखाले जनाएको  छ ।

भोलिदेखि पानी पर्नेक्रम घट्दै जाने मौसमविद्को अनुमान छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

पानी परेपछि प्रभावित भएको कांग्रेसको बन्दसत्र दिउँसो ४ बजे शुरू हुने

नवलपुर, असोज २१ । काठमाण्डौको खुलामञ्चमा चलिरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजको बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ

Nawalpurfm

दशैँको अवसरमा पर्यटन बोर्डले पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गर्ने

नवलपुर, असोज २१ । नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ । बोर्डको पर्यटन सम्पदा तथा पर्यटन

Nawalpurfm

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख रुपैयाँ नगद सहयोग गर्ने

नवलपुर, असोज २१ । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको

↑