-->

दशैँको टीकाका लागि उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा

Nawalpurfm

नवलपुर, असोज २१ । यस वर्ष दशैँको टीकाका लागि उत्तम साइत आउँदो कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

टीकाको दिन बिहान ८ बजेर ९ मिनेटमा देवी विसर्जन गरी साइत खोज्नेहरुले १० बजेर २६ मिनेटमा मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको छ ।

पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ । विजया दशमीको दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो ।

देवीको प्रसादका रूपमा देशका धेरै ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । कतै विजयादशमीको मुख्य दिनमात्र टीका लगाउने चलन छ । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।

यही असोज २५ गते आइतबार बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको छ । त्यसै दिनदेखि नवरात्र शुरु हुन्छ । असोज २६ गते झण्डा फेर्ने साइत १० बजेर ७ मिनेटमा उत्तम रहेको समितिले जनाएको छ ।

असोज ३१ गते शनिबार फूलपाती परेको छ । कात्तिक १ गते आइतबार महाअष्टमी पर्व परेको छ । यसै दिन राति भने कालरात्रि पर्व मनाइन्छ । कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि नै परेको छ ।

कात्तिक ३ गते मङ्गलबार महानवमी र ४ गते विजयादशमी परको छ ।

 

प्रतिकृया दिनुहोस
Nawalpurfm

पानी परेपछि प्रभावित भएको कांग्रेसको बन्दसत्र दिउँसो ४ बजे शुरू हुने

नवलपुर, असोज २१ । काठमाण्डौको खुलामञ्चमा चलिरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजको बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ

Nawalpurfm

दशैँको अवसरमा पर्यटन बोर्डले पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गर्ने

नवलपुर, असोज २१ । नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ । बोर्डको पर्यटन सम्पदा तथा पर्यटन

Nawalpurfm

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख रुपैयाँ नगद सहयोग गर्ने

नवलपुर, असोज २१ । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको

↑