-->

बागलुङमा सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए, उद्धार जारी

Nawalpurfm

नवलपुर,असोज १९ । आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा निसीखोला गाउँपालिका–३ बोहरागाउँमा तीन जना पुरिएका छन् ।
झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडक खण्डमा सोही स्थानका चालक भद्र मल्लले चलाएको लु१क ३४४६ नम्बरको जेसिबीले बाटो स्तरोन्नति गर्ने क्रममा अचानक माटोको ढिस्को खस्दा काम गरिरहेका तीन जना पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख फडिन्द्र प्रसाईंले जानकारी दिनुभयो ।
ढिस्कोमा पुरिने कामदारहरू लालबहादुर बुढाथोकी, राजु थापा मगर र कृष्ण बहादुर घर्ती रहनुभएको छ । यसमध्ये घर्तीको गम्भीर अवस्थामा उद्धार गरिएको छ भने अन्यको उद्धार भइरहेको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

नवलपुर,असोज १९ । निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ

Nawalpurfm

पछिल्लो १२ घण्टामा लमजुङको फलेनीमा ८० मिलिमिटर वर्षा मापन

नवलपुर,असोज १७ । गएराति लमजुङ, तनहुँसहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । लमजुङको फलेनी वर्षामापन केन्द्रमा पछिल्लो १२ घण्टामा ८० मिलिमिटर

Nawalpurfm

पहिरो र नदी कटानले मुस्ताङ ३ दिनदेखि सम्पर्कविच्छेद

नवलपुर, असोज १४ । अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो ७२ घण्टादेखि सम्पर्कविच्छेद भएको छ । म्याग्दीको दानामा रहेको

↑