-->

कावासोतीमा विश्व पर्यटन दिवसको अवसरमा साईकल यात्रा कार्यक्रम हुँदै

Nawalpurfm

नवलपुर, असोज ८ । कावासोतीमा विश्व पर्यटन दिवसको अवसर पारेर साईकल यात्रा कार्यक्रम आयोजना हुने भएको छ। खेलकुदसँगै स्थानीय पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले कावासोती नगरपालिकाको आयोजनामा कार्यक्रम हुन लागेको हो।

आयोजकका अनुसार कार्यक्रम २०८३ असोज ११ गते आइतबार (सेप्टेम्बर २७, २०२६) आयोजना हुनेछ। साइकल यात्रा बालुवा डाँडा, कावासोतीको शिरदेखि अमलटारी हुँदै नारायणीको तीरसम्म सञ्चालन हुने जनाइएको छ।

कार्यक्रमको रुट कावासोती नगरपालिका, वि.पि. चोक, हाटबजार चोक, बेलचोक, विष्णुनगर, महाराजा मन्दिर, रडेखानी, लोकाहा, शान्ति टोल, पिठौली चौर, जटायु रेस्टुरेन्ट, सोंढ, मिन चुवाडी, चिलाहा, रतौल होमस्टे, गुन्द्रही मुसेहर टोल हुँदै अमलटारी होमस्टे र बाघखोरमा समापन हुने उल्लेख छ।

कार्यक्रमको उद्घाटन कावासोती नगरपालिका परिसरबाट बिहान ५ः३० बजे हुने र समापन कावासोती–१५ मा गरिने आयोजकले जनाएको छ।

“प्रकृति र पर्यटनका लागि साइकल नै उत्तम माध्यम” भन्ने सन्देशसहित आयोजना गर्न लागिएको प्रतियोगिताले खेलकुदमार्फत कावासोती तथा आसपासका पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको १६औँ वार्षिक साधारणसभा सम्पन्न

विमा गाहा मगर । नवलपुर, असोज १२ । नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको १६औँ वार्षिक साधारणसभा सोमबार समूहकै परिसरमा सम्पन्न भएको छ। संस्थाका

Nawalpurfm

१५औँ महाधिवेशनमा नवलपुर क्षेत्र नं. १(ख) बाट युवा खुलातर्फ पवन भुर्तेलको उम्मेदवारी

नवलपुर,असोज १२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर क्षेत्र नं. १(ख) बाट पवन भुर्तेलले प्रदेश प्रतिनिधि पदमा युवा खुलातर्फ उम्मेदवारी

Nawalpurfm

देवचुलीमा शुक्रबारदेखि बेपत्ता पुलामी नहरमा मृत फेला

नवलपुर,असोज ११ । देवचुली नगरपालिका–१२ जनबस्तीका ६७ वर्षीय दिलबहादुर पुलामी शुक्रबारदेखि   बेपत्ता भएपछि खोजी गर्ने क्रममा मृत फेला परेका

↑