फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने
नवलपुर,भदौ ९ । हिनादेखि माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ ।
फ्रान्सको संसद्ले जुलाईमा नै १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेपछि अर्को महिनादेखि यो प्रतिबन्ध लागू हुन लागेको हो ।
मोबाइल फोन प्रतिबन्ध गर्ने तयारी राष्ट्रपति इमानुएल म्याक्रोँको बालबालिकालाई स्क्रिन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबाबको एक हिस्सा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
सरकारले बालबालिका तथा किशोरकिशोरीलाई स्क्रिनको लतले उनीहरूको विकास रोकिरहेको छ भन्ने धारणा राखेको छ । यस महिनाको सुरुमा त्यहाँको सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी प्रावधान खारेज गरेपछि म्याक्रोँलाई यस मुद्दामा अघि बढ्न अलमल परेको थियो ।
सरकारका प्रवक्ता मोद ब्रेजोँले माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै लागू हुने बताउनुभएको हो । यसका लागि स्थिर, सुदृढ र वैधानिक कानुनी ढाँचा रहेको उहाँले मन्त्रिपरिषद् बैठकमा बताउनुभएको छ ।
फ्रान्सको शैक्षिक सत्र आउँदो महिना सेप्टेम्बरमा सुरु हुन्छ । फ्रान्सले पहिले नै ११ देखि १५ वर्ष उमेरका बालबालिकालाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाइसकेको छ ।

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास
नवलपुर,भदौ ८ । विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास
नवलपुर,भदौ ८ । विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम

एलनिनो ‘अहिलेसम्मकै शक्तिशाली’ हुने बेलायती मौसम कार्यालयको पूर्वानुमान
नवलपुर,भदौ ६ । बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ । प्रशान्त महासागरमा







प्रतिकृया दिनुहोस