-->

एलनिनो ‘अहिलेसम्मकै शक्तिशाली’ हुने बेलायती मौसम कार्यालयको पूर्वानुमान

Nawalpurfm

नवलपुर,भदौ ६ । बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ । प्रशान्त महासागरमा ‘एलनिनो’ विकसित भइरहेको छ ।

यो शक्तिशाली प्राकृतिक मौसमी घटनाले विश्वव्यापी तापक्रम बढाउने र चरम मौसमी अवस्थाको जोखिम सिर्जना हुनसक्ने अनुमान गरिएको बीबीसीको जनाएको छ । सन् २०२७ विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष हुने अत्यधिक सम्भावना रहेको बेलायती मौसम कार्यालयको चेतावनी छ । 

पूर्वी प्रशान्त महासागरको समुद्री सतहको तापक्रम दीर्घकालीन औसतभन्दा कम्तीमा ०।५ डिग्री सेल्सियस माथि पुगेपछि एलनिनो घोषणा गरिन्छ । यसले हावाको बहाव, वायुमण्डलीय चाप र वर्षाको ढाँचामा परिवर्तन ल्याउनुका साथै विश्वको औसत तापक्रम बढाउन सक्छ । यस वर्ष समुद्री तापक्रम ३ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने मौसम कार्यालयका पूर्वानुमान प्रमुख एडम स्काइफले बताएको खबर छ ।

उहाँले यस्तो तीव्र एल निनोको सङ्केत यसअघि नदेखेको बताउँदै यसलाई ‘अभूतपूर्व घटना’ भन्नुभएको छ । मौसमविद्का अनुसार एलनिनोको प्रभाव छोटो अवधिको मौसममा मात्र सीमित नहुने अनि खाद्य उत्पादन र खाद्य सुरक्षामा समेत असर पर्न सक्ने भएकाले दिर्घकालिन पूर्वतयारी आवश्यक छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

नवलपुर,भदौ ९ । हिनादेखि माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ । फ्रान्सको संसद्ले जुलाईमा नै १५ वर्षमुनिका

Nawalpurfm

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

नवलपुर,भदौ ८ । विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम

Nawalpurfm

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

नवलपुर,भदौ ८ । विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम