-->

क्यान्सरको खोप परीक्षणमा उत्साहजनक परिणाम देखिएको अनुसन्धानकर्ताहरुको दाबी

नवलपुर,भदौ ४ । अमेरिकाको फ्लोरिडामा रहेको एक क्यान्सर अनुसन्धान केन्द्रमा गरिएको व्यक्तिगत क्यान्सर खोपको प्रारम्भिक परीक्षणले उत्साहजनक परिणाम देखाएको छ ।

औषधि निर्माता कम्पनी मोडर्नाले विकास गरेको यो खोपलाई किट्रुडा नामक औषधिसँग संयोजन गरेर प्रयोग गरिएको बीबीसीले जनाएको छ । एक हजारभन्दा बढी उच्च जोखिमयुक्त छालाको क्यान्सर भएका बिरामी सहभागी चरण–३ को परीक्षणमा खोप र किट्रुडाको संयोजनले बिरामीलाई लामो समयसम्म क्यान्सरमुक्त राख्न सफल भएको कम्पनीले जनाएको छ ।

साथै, क्यान्सर शरीरका अन्य अंगमा फैलिने जोखिमसमेत घटेको दाबी गरिएको छ । ‘इन्टिस्मेरान’ नाम दिइएको यो खोप हरेक बिरामीको ट्युमरअनुसार व्यक्तिगत रूपमा तयार गरिन्छ । खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई बाँकी रहेका क्यान्सर कोष पहिचान गरी त्यसमाथि आक्रमण गर्न निर्देशन दिने उद्देश्य राख्छ ।

यसमा कोभिड–१९ विरुद्धका केही खोपमा प्रयोग भएको एमआरएनए प्रविधिको प्रयोग गरिएको छ । कम्पनीहरूले प्रारम्भिक परिणामलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे पनि यसको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन र स्वतन्त्र विज्ञहरूबाट समेत पूर्ण समीक्षा हुन बाँकी छ ।

त्यसैले यो खोपले दीर्घकालमा कति प्रभावकारी रूपमा काम गर्छ र बिरामी कति समयसम्म क्यान्सरमुक्त रहन्छन् भन्ने विषयमा थप तथ्य आवश्यक रहेको विज्ञहरूले बताएका छन् । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

अमेरिकाले नेपालीलाई दिँदै आएको टीपीएस सुविधा अन्त्य गर्ने प्रक्रिया शुरू

नवलपुर, साउन ३० । अमेरिकाको गृह सुरक्षा विभाग (डीएचएस) ले नेपालसहित १३ वटा देशका नागरिकलाई प्रदान गर्दै आएको अस्थायी संरक्षित हैसियत अर्थात् टीपीएस

Nawalpurfm

इन्डोनेशियामा शक्तिशाली भूकम्प : कम्तीमा ३८ जनाको ज्यान गयो

नवलपुर, साउन ३० । इन्डोनेशियामा आज बिहान गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परेर कम्तीमा ३८ जनाको ज्यान गएको त्यहाँको विपद् व्यवस्थापन निकायले जनाएको

Nawalpurfm

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदै : लालकिल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन

नवलपुर, साउन ३० । भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको लालकिल्लाबाट