इन्डोनेशियामा शक्तिशाली भूकम्प : कम्तीमा ३८ जनाको ज्यान गयो
नवलपुर, साउन ३० । इन्डोनेशियामा आज बिहान गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परेर कम्तीमा ३८ जनाको ज्यान गएको त्यहाँको विपद् व्यवस्थापन निकायले जनाएको छ ।
विपद् व्यवस्थापन निकाय ‘बीपीबीडी’ ले खोजी तथा उद्धार कार्य चलिरहेकाले अहिले प्राप्त विवरण प्रारम्भिक मात्र भएको बताएको छ । भूकम्प र त्यसपछि आएका दर्जनौँ परकम्पले यस क्षेत्रका भवनहरूमा क्षति पुर्याएका छन् ।
शुरूमा प्रशासनले सुनामीको चेतावनी जारी गरेको भए पनि भूकम्पको मुख्य धक्का महसुस भएको झन्डै ३ घण्टापछि त्यस्तो सूचना हटाएको बीबीसीले जनाएको छ ।
इन्डोनेशियाको स्थानीय समयअनुसार बिहान ५ बजेतिर फ्लोरेस टापुमा भूकम्प गएको थियो ।
विपद् व्यवस्थापन निकायका अनुसार झन्डै २ हजार मानिस आफैँ सुरक्षित ठाउँमा सरेका छन् । तर प्रभावित क्षेत्र दुर्गम र पहाडी भएकाले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने खबरमा उल्लेख छ ।
बीएपीबीले मानिसहरूलाई संयमित रहन र तटीय क्षेत्रबाट टाढा बस्न सुझाव दिएको छ ।

अमेरिकाले नेपालीलाई दिँदै आएको टीपीएस सुविधा अन्त्य गर्ने प्रक्रिया शुरू
नवलपुर, साउन ३० । अमेरिकाको गृह सुरक्षा विभाग (डीएचएस) ले नेपालसहित १३ वटा देशका नागरिकलाई प्रदान गर्दै आएको अस्थायी संरक्षित हैसियत अर्थात् टीपीएस

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदै : लालकिल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन
नवलपुर, साउन ३० । भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको लालकिल्लाबाट
चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको ९७ वर्षको उमेरमा निधन
नवलपुर,साउन २८ । चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको ९७ वर्षको उमेरमा निधन भएको छ । उहाँले सन् १९९८ देखि सन २००३ सम्म ५ वर्ष चीनको दोस्रो सर्वोच्च






प्रतिकृया दिनुहोस