एसियाली खेलकुदको प्रशिक्षणका लागि नेपाली टेनिस टोली आज भारत जाँदै
नवलपुर,भदौ ४ । जापानमा हुने २० औँ एसियाली खेलकुदको प्रशिक्षणका लागि ३ जना खेलाडीसहित चार सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदैछ ।
भारतको बैंगलुरुमा हुने प्रशिक्षणमा खेलाडीहरू प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन् भने प्रशिक्षकमा रेणुदेवी कोण्डा छिन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतले हिजो नै बिदाइ गरे ।
उनीहरूले रोहन बोपना टेनिस एकेडेमीमा प्रशिक्षण गर्नेछन् । टोली भदौ २३ गते स्वदेश फर्किने छ । २० औँ एसियाडकै लागि छनोट भएका अभिषेक बाँस्तोला र शिभाली गुरुङ स्वदेशबाहिर प्रशिक्षणरत रहेको नेपाल टेनिस संघले जनाएको छ ।
२० औं एसियाली खेलकुद असोज ३ गतेदेखि जापानको आइची र नायोयमा शुरु हुनेछ । नेपालले २३ खेलमा १ सय ३६ खेलाडीलाई सहभागिता गराउने छ । गएको संस्करणमा नेपालले २६ खेलमा सहभागिता जनाएको थियो ।

अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई ११६ रनले हरायो
नवलपुर,भदौ ३ । तेस्रो संस्करणको एसीसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको

एसियाली खेलकुदमा नेपालसँग खेल्ने अफगानिस्तानको टोली घोषणा
नवलपुर,भदौ ३ । अफगानिस्तानले एसियाली खेलकुदका लागि नयाँ अनुहारका युवा खेलाडी समेट्दै क्रिकेट टोली घोषणा गरेको छ । दर्विस रसुलीको कप्तानीमा घोषणा

टप एण्ड टी–२० शृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदै
नवलपुर,भदौ १ । डार्बिनमा आउँदो अगस्ट २१ देखि ३० सम्म चल्ने टप एण्ड टी–२० शृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदैछ । प्रतियोगितामा नेपालले लिग




.2026-08-18-03-41-28.jpeg)


प्रतिकृया दिनुहोस