-->

अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई ११६ रनले हरायो

Nawalpurfm

नवलपुर,भदौ ३ । तेस्रो संस्करणको एसीसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको कर्नाटकलाई हराएको छ ।

नेपालले हिजो मंगलबार भएको पहिलो अभ्यास खेलमा कर्नाटकलाई ११६ रनले पराजित गरेको हो । नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको कर्नाटकको टोली २८ ओभरमा ७२ रनमै अलआउट भयो ।

कर्नाटकका शरथ श्रीनिवासले सर्वाधिक ३२ रन बनाए । अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करन केसी, ललित राजवंशी, शेर मल्ल र बसिर अहमदले समान २ विकेट तथा हेमन्त धामी र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४५ ओभरमा १८८ रन बनाएको थियो । नेपालका आसिफ शेखले सर्वाधिक ४९ तथा इशान पाण्डेले ३४, देव खनालले २७ र सन्दीप जोराले २७ रन बनाए ।

नेपालले भारतमा थप अर्को अभ्यास खेल खेल्ने तालिका छ । १० दिनको प्रशिक्षण सकाएर नेपाली टोली प्रिमियर कप खेल्न भारतबाटै मलेसिया प्रस्थान गर्नेछ । मलेसियामा पनि नेपालले तीन दिन अभ्यास गर्नेछ ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल भदौ १५ गते बहराइनसँग खेल्नेछ । त्यसपछि मलेसिया, साउदी अरब र हङकङसँग खेल हुनेछ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

एसियाली खेलकुदको प्रशिक्षणका लागि नेपाली टेनिस टोली आज भारत जाँदै

नवलपुर,भदौ ४ । जापानमा हुने २० औँ एसियाली खेलकुदको प्रशिक्षणका लागि ३ जना खेलाडीसहित चार सदस्यीय नेपाली टेनिस टोली आज भारत जाँदैछ । भारतको

Nawalpurfm

एसियाली खेलकुदमा नेपालसँग खेल्ने अफगानिस्तानको टोली घोषणा

नवलपुर,भदौ ३ । अफगानिस्तानले एसियाली खेलकुदका लागि नयाँ अनुहारका युवा खेलाडी समेट्दै क्रिकेट टोली घोषणा गरेको छ । दर्विस रसुलीको कप्तानीमा घोषणा

Nawalpurfm

टप एण्ड टी–२० शृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदै

नवलपुर,भदौ १ । डार्बिनमा आउँदो अगस्ट २१ देखि ३० सम्म चल्ने टप एण्ड टी–२० शृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदैछ । प्रतियोगितामा नेपालले लिग