पर्यटन विकासका लागि स्पष्ट योजना र ठूलो सपना चाहिन्छःसभामुख अर्याल
नवलपुर, साउन २९ । सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक २०–३० लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई एक करोड भित्र्याउने बृहत् योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाल पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्यालले देशको पर्यटन उद्योगलाई पुनः उत्थान मात्र नभई तीव्र गतिमा अघि बढाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेकोमा जोड दिनुभयो ।
विश्व पर्यटन बजारमा भइरहेको प्रविधिको विकास र बदलिँदो चाहनाअनुरूप नेपालले आफूलाई पनि दरिलो रूपमा उतार्नुपर्ने चुनौती रहेको उहाँको भनाइ छ । विगतमा भएका कमजोरीका कारण पर्यटकहरू अन्य गन्तव्यतर्फ मोडिएको उल्लेख गर्दै उहाँले पर्यटकको आगमन वृद्धि गर्न ट्राभल एजेन्टको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
सभामुख अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने पनि बताउनुभएको छ । निर्माणाधीन पर्यटन विधेयकका सम्बन्धमा बोल्दै सभामुख अर्यालले आउँदो ५० वर्षको आवश्यकतालाई सम्बोधन गर्ने गरी बलियो कानुन निर्माण गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सुधारका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा जानुपर्ने बताउनुभएको छ । राष्ट्रिय ध्वजावाहक निगम अहिले चरम ऋण, राजनीतिक हस्तक्षेप र बेथितिमा फसेको उल्लेख गर्दै उहाँले यसको पुनर्संरचना अपरिहार्य भएको बताउनुभयो ।

ग्यासको अनावश्यक मौज्दात नराख्न नेपाल आयल निगमको आग्रह
नवलपुर,साउन २९ । नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी खाना पकाउने एलपी ग्यास

गएराति केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह
नवलपुर,साउन २९ । गएराति देशका केही ठाउँमा मुसलधारे पानी परेको छ । गएको १२ घण्टामा स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम

गएराति केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह
नवलपुर,साउन २९ । गएराति देशका केही ठाउँमा मुसलधारे पानी परेको छ । गएको १२ घण्टामा स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम





प्रतिकृया दिनुहोस