-->

गएराति केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह

Nawalpurfm

नवलपुर,साउन २९ । गएराति देशका केही ठाउँमा मुसलधारे पानी परेको छ । गएको १२ घण्टामा स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै गोरखा, बागलुङ, बाँके, बर्दिया, प्युठान, म्याग्दी, सुर्खेत, तनहुँ लगायतका जिल्लाहरुमा पनि ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँमा भेलबाढी आएको छ । नुवाकोटको त्रिशूली नदी, प्युठानको लुंगरी नदी, कास्कीको मार्दीखोला, लमजुङको चेपेखोलामा बाढी आएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान तथा आसपासका जिल्लाहरूमा आज बिहानसम्म आकश्मिक बाढी र गेग्रान बहावको उच्च जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ । मध्य र पश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका थोरै ठाउँ तथा बागमती प्रदेशको पहाडी भेग,  कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगको एक–दुई ठाउँमा मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

पर्यटन विकासका लागि स्पष्ट योजना र ठूलो सपना चाहिन्छःसभामुख अर्याल

नवलपुर, साउन २९ । सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक २०–३० लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई एक

Nawalpurfm

ग्यासको अनावश्यक मौज्दात नराख्न नेपाल आयल निगमको आग्रह

नवलपुर,साउन २९ । नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी खाना पकाउने एलपी ग्यास

Nawalpurfm

गएराति केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह

नवलपुर,साउन २९ । गएराति देशका केही ठाउँमा मुसलधारे पानी परेको छ । गएको १२ घण्टामा स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम