-->

ग्यासको अनावश्यक मौज्दात नराख्न नेपाल आयल निगमको आग्रह

Nawalpurfm

नवलपुर,साउन २९ । नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी खाना पकाउने एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ ।

बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि निगमले यस्तो आग्रह गरेको हो । निगमका अनुसार असार ३१ गतेदेखि बजारमा १४ दशमलव २ किलोग्राम क्षमताका भरिएका एलपी ग्यास सिलिन्डर नियमित रूपमा बिक्रीवितरण भइरहेको छ ।

साविकको तुलनामा अहिले झण्डै २० प्रतिशत बढी ग्यास आयात तथा बिक्रीवितरण भइरहेको निगमले दावी गरेको छ । तर, आपूर्ति बढे पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै उपभोक्ताबाट गुनासो प्राप्त भएपछि निगमले बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ ।

निगमको द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा केही होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानले आफ्नो आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गरेर राखेको पाइएको निगमले जनाएको छ । व्यावसायिक प्रयोजनका लागि आवश्यकभन्दा बढी सिलिन्डर थुपारेर राख्दा बजारमा सर्वसाधारण उपभोक्ताका लागि ग्यासको उपलब्धता प्रभावित हुन सक्ने निगमको भनाइ छ ।

त्यसैले व्यवसाय सञ्चालनका लागि आवश्यक मात्रामा मात्रै ग्यास सिलिन्डर मौज्दात राख्न निगमले सम्बन्धित सबैलाई आग्रह गरेको छ । यसअघि नै आवश्यकताभन्दा बढी सिलिन्डर मौज्दात राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्रीवितरण गर्नसमेत निगमले अनुरोध गरेको छ ।

निगमले आफ्नो आग्रहविपरीत कुनै होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस वा अन्य व्यावसायिक प्रतिष्ठानले अनावश्यक रूपमा एलपी ग्यास सिलिन्डर मौज्दात राखेको भेटिएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

पर्यटन विकासका लागि स्पष्ट योजना र ठूलो सपना चाहिन्छःसभामुख अर्याल

नवलपुर, साउन २९ । सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक २०–३० लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई एक

Nawalpurfm

गएराति केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह

नवलपुर,साउन २९ । गएराति देशका केही ठाउँमा मुसलधारे पानी परेको छ । गएको १२ घण्टामा स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम

Nawalpurfm

गएराति केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह

नवलपुर,साउन २९ । गएराति देशका केही ठाउँमा मुसलधारे पानी परेको छ । गएको १२ घण्टामा स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम