-->

४१ वर्षीय रोनाल्डोले जर्जिनासँग विवाह गरे

Nawalpurfm

नवलपुर,साउन २७ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् ।

४१ वर्षीय रोनाल्डो र ३२ वर्षीया उनकी प्रेमिका जर्जिना रोड्रिगेजले हिजो पोर्चुगलको कास्काइसमा निजी तथा नागरिक समारोहबीच विवाह गरेका हुन् । रोनाल्डोको व्यवस्थापन पक्षका अनुसार विवाह समारोह निकै निजी र पारिवारिक थियो ।

समारोहमा उनीहरूका पाँचै सन्तानको समेत उपस्थिति रहेको थियो । रोनाल्डो र रोड्रिगेजका चार सन्तान छन् भने रोनाल्डोका अघिल्लो सम्बन्धबाट एक छोरा छन् ।

उनीहरूका जुम्ल्याहा सन्तान इभा मारिया र माटेओ ९ वर्षका, छोरी अलाना ८ वर्षकी र छोरी बेला ४ वर्षकी छन् ।

रोनाल्डो जुनियर १६ वर्षका छन् । विवाहपछि रोनाल्डोले सामाजिक सञ्जालमा आफू र रोड्रिगेजले विवाहको औँठी लगाएका हातको तस्वीर सार्वजनिक गर्दै ‘सी लभ जी’लेखेका छन् । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

पिताको निधनपछि भावुक मेस्सी, फुटबलबाट सन्यासको संकेत

नवलपुर,साउन २८ । अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेस्सीले पिता जर्ज मेस्सीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन्

Nawalpurfm

११ औँ एमबीसी इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीलाई चार स्वर्ण पदक

नवलपुर,साउन २७ । दक्षिण कोरियामा भएको ११औँ एमबीसी इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण पदक जितेका छन् । गएको सााउन २१

Nawalpurfm

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

नवलपुर,साउन २६ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो रोहित