सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त
नवलपुर,साउन २६ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले हिजो रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआईको कप्तानमा नियुक्त गरेको हो । क्यानको यो निर्णयले सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका छन् । यसअघि २०७९ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि जिम्मेवारीबाट हटाइएको थियो । सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन् ।
सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी छन् । यस्तै “नियमित ओपनर कुशल भुर्तेल र सोमपाल कामीको नाम टोलीमा समावेश गरिएको छैन ।
आरिफ शेख ,भीम सार्कीलाई टोलीबाट हटाइएको छ । आईसीसी विश्वकप लिग–२ मा नेपालको प्रदर्शन खराब बनेसँगै कप्तान परिवर्तन गरिएको हो । योसँगै रोहितले ओडिआई र टी–२० दुवैको कप्तानी गुमाएका छन् । क्यानले यसअघि दीपेन्द्रसिंह ऐरीलाई टी–२० को कप्तान नियुक्त गरेको थियो ।

पिताको निधनपछि भावुक मेस्सी, फुटबलबाट सन्यासको संकेत
नवलपुर,साउन २८ । अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेस्सीले पिता जर्ज मेस्सीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन्

११ औँ एमबीसी इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीलाई चार स्वर्ण पदक
नवलपुर,साउन २७ । दक्षिण कोरियामा भएको ११औँ एमबीसी इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण पदक जितेका छन् । गएको सााउन २१

४१ वर्षीय रोनाल्डोले जर्जिनासँग विवाह गरे
नवलपुर,साउन २७ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । ४१ वर्षीय रोनाल्डो र ३२





प्रतिकृया दिनुहोस