भोलि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
नवलपुर, भाद्र ३० ।
नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी कारबाहीको माग सरकारले पूरा नगरेको भन्दै भोलि आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सक संघको विज्ञप्तिमा उल्लेख छ ।
भोलि सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा भोलि आकस्मिक बाहेकका सेवा सञ्चालन नहुने संघले जनाएको छ । सरकारले डाक्टर कुट्नेलाई कारबाही गर्नुको साटो मेलमिलाप गराउन खोजेको र घटनालाई गम्भीर रुपमा नलिएको चिकित्सक संघको आरोप छ ।
गएको साउन २५ मा डेंगीबाट ज्यान गुमाएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले सञ्चो अस्पताल हेटौँडाका डाक्टर विकास थापा र प्रशान्त विडारीलाई कुटेका थिए । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने संघका महासचिव सञ्जीव तिवारीले बताउनुभयो ।
उपचारमा लापरबाही भएको भन्दै मृतकका आफन्तले डाक्टरलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट भएको संघको दाबी छ । कुटपिटमा संलग्न मृतक राजेश प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बङ्गलादेशतर्फको निर्यात पनि शुरु
नवलपुर,कात्तिक ८ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात

दशैँको अन्तिम दिन आज राति जाग्राम बसेर समापन गरिँदै
नवलपुर,कात्तिक ८ । दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित आज राति जाग्राम बसेर समापन गरिँदैछ

बुधबारदेखि बाली भित्र्याउने र लामो दुरीको यात्रा नगर्न मौसमविद्को सुझाव
नवलपुर,कात्तिक ८ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातीय प्रणालीमा परिणत हुने सम्भावना बढेको मौसमविद्ले बताएका छन् । यसको









प्रतिकृया दिनुहोस