-->

दशैँको अन्तिम दिन आज राति जाग्राम बसेर समापन गरिँदै

Nawalpurfm

नवलपुर,कात्तिक ८ । दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित आज राति जाग्राम बसेर समापन गरिँदैछ ।

असोज शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुकापछि सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ पर्व समापन हुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार विजयादशमीको दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमासँगै  समाप्त हुन्छ ।

असोज २५ गते कोत तथा दशैँ घर अनि घरघरमा घटस्थापना गरि राखिएको जमरालाई आज नजिकको पवित्र स्थल, नदी, तलाउ, पोखरीमा लगेर सेलाउने गरिन्छ । माता दुर्गाका तीनवटा रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिने समितिका अध्यक्ष पुरुषोत्तम भट्टराई बताउनुहुन्छ ।

नवरात्र विजयादशमी कै दिन सकिने भएपनि दुर्गा पक्ष भने असोज शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ ।

कात्तिक स्नान गरी तुलसीको विशेष रूपमा गरिने पूजा आराधना भने भोलि सोमबारदेखि शुरु हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । आकाश दीपदान पनि भोलि बेलुकादेखि नै शुरु गरिँदैछ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बङ्गलादेशतर्फको निर्यात पनि शुरु

नवलपुर,कात्तिक ८ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात

Nawalpurfm

बुधबारदेखि बाली भित्र्याउने र लामो दुरीको यात्रा नगर्न मौसमविद्को सुझाव

नवलपुर,कात्तिक ८ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातीय प्रणालीमा परिणत हुने सम्भावना बढेको मौसमविद्ले बताएका छन् । यसको

Nawalpurfm

काठमाण्डौ उपत्यकामा एकैदिन ३३६ गाडीचालक कारबाहीमा

नवलपुर, कात्तिक ७ । काठमाण्डौ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ गाडीका चालक कारबाहीमा परेका छन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी

↑