दशौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेश तालिकाको शीर्ष स्थानमा कायमै
नवलपुर,मंसिर १३ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पाँचौँ दिन सम्मको पदक तालिकामा बागमती प्रदेशले आफ्नो अग्रतालाई कायम राखेको छ ।
हिजोसम्म बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कांस्य गरी कुल ४५ पदक जितेको छ । बागमती तालिकाको शीर्ष स्थानमा छ ।
स्वर्ण पदकको सङ्ख्याका आधारमा गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ स्वर्णसहित दोस्रो स्थानमा रहेको छ । त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण, २० रजत र १९ कांस्य गरी सर्वाधिक ५० पदक जित्दै तेस्रो स्थान ओगटेको छ ।
त्यस्तै, नेपाल प्रहरीले ८ स्वर्णसहित चौथो स्थानमा रहँदा गण्डकी र कोशी प्रदेशले समान ४ स्वर्ण जितेका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) ले ३ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशले समान २ स्वर्ण जितेका छन् ।
मधेश प्रदेशले २ कांस्य पदक जितेको छ । प्रतियोगितामा सहभागी ११ टोलीमध्ये १० टोलीले पदक जित्दा आयोजक कर्णाली प्रदेश भने पाँचौँ दिनसम्म पदकविहीन छ ।
यस्तै पुरुष फुटबलमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन् । बराबरीसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ भने सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ ।
महिला क्रिकेटमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश रनरेटका आधारमा सेमिफाइनलमा पुगेको छ । यसअघि नै आर्मी, नेपाल प्रहरी र बागमतीले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका थिए ।
पुरुष क्रिकेटमा गण्डकी प्रदेशले एनआरएनएलाई पाँच विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ । विभिन्न खेलका प्रतियोगिता मंसिर ८ गतेदेखि शुरु भए पनि औपचारिक उद्घाटन यही मंसिर १६ गते हुने कार्यक्रम छ ।
प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने तय भएको छ ।

विश्वकप छनोट प्लेअफका लागि नेपाली क्रिकेट टोलीको घोषणा
नवलपुर,मंसिर १३ । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो सन्दीप लामिछानेको

धरान, वीरगञ्ज र सुर्खेतले पनि नेपाल फुटबल लिग खेल्ने
नवलपुर,मंसिर १२ । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करण खेल्ने १० टोलीको टुंगो लागेको छ । प्रतियोगिताका लागि नयाँ ३ टोली धरान, वीरगञ्ज र सुर्खेत

एशिया कप राइजिङ स्टार्सको उपाधिका लागि पाकिस्तान ‘ए’ र श्रीलंका ‘ए’ ले खेल्ने
नवलपुर,मंसिर १२ । एशिया कप राइजिङ स्टार्सको उपाधिका लागि पाकिस्तान ‘ए’ र श्रीलंका ‘ए’ ले खेल्ने भएका छन् । कतारको दोहामा हिजो भएको दोस्रो






प्रतिकृया दिनुहोस