-->

एशिया कप राइजिङ स्टार्सको उपाधिका लागि पाकिस्तान ‘ए’ र श्रीलंका ‘ए’ ले खेल्ने

Nawalpurfm

नवलपुर,मंसिर १२ । एशिया कप राइजिङ स्टार्सको उपाधिका लागि पाकिस्तान ‘ए’ र श्रीलंका ‘ए’ ले खेल्ने भएका छन् ।

कतारको दोहामा हिजो भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेश ‘ए’ लाई ५ विकेटले हराउँदै पाकिस्तान ‘ए’ फाइनलमा पुगेको हो । बङ्गलादेश ‘ए’ ले दिएको २ सय ३३ रनको लक्ष्य पाकिस्तान ‘ए’ ले ४५ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका हसन नवाज र शहजैब खानले अर्धशतक बनाए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेश ‘ए’ ले शाहादत हुसेनको शतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो ।

पाकिस्तानका सुफियान मुकिमले ३ विकेट लिए । उपाधिका लागि भोलि पाकिस्तान ‘ए’ र  श्रीलंका ‘ए’ बिच प्रतिस्पर्धा हुनेछ । अस्ति भएको पहिलो सेमिफाइनलमा भारत ‘ए’ लाई ८ विकेटले हराउँदै श्रीलंका ‘ए’ फाइनलमा पुगेको थियो ।

यो प्रतियोगितामा भारत र पाकिस्तानको ‘ए’ टोलीसँग पराजित नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

विश्वकप छनोट प्लेअफका लागि नेपाली क्रिकेट टोलीको घोषणा

नवलपुर,मंसिर १३ । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो सन्दीप लामिछानेको

Nawalpurfm

दशौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेश तालिकाको शीर्ष स्थानमा कायमै

नवलपुर,मंसिर १३ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पाँचौँ दिन सम्मको पदक तालिकामा बागमती प्रदेशले आफ्नो अग्रतालाई कायम राखेको छ

Nawalpurfm

धरान, वीरगञ्ज र सुर्खेतले पनि नेपाल फुटबल लिग खेल्ने

नवलपुर,मंसिर १२ । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करण खेल्ने १० टोलीको टुंगो लागेको छ । प्रतियोगिताका लागि नयाँ ३ टोली धरान, वीरगञ्ज र सुर्खेत

↑