-->

धरान, वीरगञ्ज र सुर्खेतले पनि नेपाल फुटबल लिग खेल्ने

Nawalpurfm

नवलपुर,मंसिर १२ । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करण खेल्ने १० टोलीको टुंगो लागेको छ ।

प्रतियोगिताका लागि नयाँ ३ टोली धरान, वीरगञ्ज र सुर्खेत छनोट भएसँगै सहभागी हुने सबै टोली तय भएका हुन् ।

एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार २० टोलीले बोलपत्र पेस गरेकामा धरान, वीरगञ्ज र सुर्खेतको टोली छनोट भएका हुन् । गुरुङले नेपाली फुटबलमा अझै धेरै सम्भावना रहेको बताउनुभएको छ ।

यसपटक छनोट हुन नसकेका बाँकी १७ टोलीलाई पनि आउँदा दिनमा कुनै न कुनै स्वरूपमा समेट्ने प्रयास गरिने उहाँले बताउनुभएको छ । एनएफएलको पहिलो संस्करण आउँदो फागुन १ देखि शुरु हुनेछ ।

‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका ७ टोली यसअघि नै निश्चित भइसकेका थिए ।

यसअघि छनोट भएका टोलीमा काठमाण्डौ रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी छन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

विश्वकप छनोट प्लेअफका लागि नेपाली क्रिकेट टोलीको घोषणा

नवलपुर,मंसिर १३ । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो सन्दीप लामिछानेको

Nawalpurfm

दशौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेश तालिकाको शीर्ष स्थानमा कायमै

नवलपुर,मंसिर १३ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पाँचौँ दिन सम्मको पदक तालिकामा बागमती प्रदेशले आफ्नो अग्रतालाई कायम राखेको छ

Nawalpurfm

एशिया कप राइजिङ स्टार्सको उपाधिका लागि पाकिस्तान ‘ए’ र श्रीलंका ‘ए’ ले खेल्ने

नवलपुर,मंसिर १२ । एशिया कप राइजिङ स्टार्सको उपाधिका लागि पाकिस्तान ‘ए’ र श्रीलंका ‘ए’ ले खेल्ने भएका छन् । कतारको दोहामा हिजो भएको दोस्रो

↑